काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेस निर्माणको योजना अघि सारेको बताए।
आफूलाई मधेसका मसिया हौँ भनेर गफ दिनेहरूले मधेसका जनताको हितमा काम नगरेको पोखरेलले बताउनुभयो । उनीहरूले मधेसका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाई छ ।
तराईमा बाह्रै महिना सिँचाई सुविधा पुर्याउन सुनकोसी(मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गरेको उनले स्मरण गराए। त्यस्तै पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नगै गरेको पोखरेलले बताए। ‘एमाले नभएको भए कसैले सुनकोसी मरिण डाइभर्सनको योजना बनाउन सक्थ्यो ?’ पोखरेलले प्रश्न गरे।
जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेसको मसीया हुने उनले बताए। ‘एमालेले हुलाकी सडक बनायो, जसले मधेसका सदरमुकामको रूप(रङ बदल्यो, सुनकोसी–मरिण डाइभर्सन आयोजना अगाडि बढायो’, उनले भने।
पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताए। एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उनको भनाइ छ।
पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेसको विकासमा ध्यान नदिइएको बताए। ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौँ, पटक पटक सरकारमा पठायौँ, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन, रौतहटको, मदेसको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईँहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेस बदलियो’, महासचिव पोखरेलले भने।
प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो दिएको बेला केपी ओलीले जनता नाकाबन्दीका कारण पीडामा भएका बेला म भारत आउँदिन भनेर भन्नुभएको महासचिव पोखरेलले स्मरण गरे। केपी ओलीको अडानकै कारण नाकाबन्दी अन्त्य भएको उहाँले बताउनुभयो । यदि त्यस बेला अरू कोही भएको भए नाकाबन्दी विरुद्ध खडा हुनै नसक्ने समेत महासचिव पोखरेलले बताए।
भारत भ्रमणका क्रममा मोदीले एक मिनेटमा सडक बन्ने लगायत कुरा सुनाउँदा त्यसको जवाफमा ओलीले त्यसो भए नेपालमा भारतका लगानीका हुलाकी राजमार्ग लगायत आयोजना किन समयमै सम्पन्न हुँदैनन् भन्ने प्रश्न उठाउनुभएको उनले बताए। केपी ओलीकै पहलमा हुलाकी राजमार्ग अगाडि बढाउने काम भएको महासचिव पोखरेलले स्मरण गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...



प्रतिकृया लेख्नुहोस्: