रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए ।
आम नागरिकमा निराशा रहेको बताउँदै उनले यस्तो अवस्थामा पार्टीप्रति वितृष्णा बढ्दै गएकाले त्यो चिर्नुपर्ने बताए । समुदायमा जान मेचीदेखि महाकालीसम्मको यात्रा प्रारम्भ गरेर जनताको कुरा बुझ्ने प्रयास गर्नुका साथै सम्बोधन गर्ने अभियानमा आफूसहितका शीर्ष नेताहरू जनताहरूसँग संवाद गरेर हिँडेको स्पष्ट पारे ।
नागरिकद्वारा उठाइएको कुराको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास कांग्रेसले गर्ने उनले प्रष्ट पारे ।
'कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पुरा गर्छन् । तर, त्यही निर्माण व्यवसायीहरू नेपालमा किन गर्न सक्दैनन्,' उनले भने ।
पूर्वाधारको कार्यमा कानुन अप्ठ्यारो भए सांसदहरूले कानुनलाई परिवर्तन गरेर पूर्वाधारको कार्यलाई खुकुलो बताउनु पर्ने बताए । मधेशका किसानलाई सिंचाईको सुविधा नरहेको हुँदा सुनकोशी मरिन डाइभर्सनलाई पुरा गराएर बागमती, कमला लगायतका नदीहरूमा पानीको बहाव तीव्र बनाइ त्यसबाट निस्किएका नहरलाई सुचारु गराई सिंचाईको पूर्ण सुविधा दिन कांग्रेसले जोड दिएको उनको भनाइ छ । शिक्षाको स्तर सुधारी कुशल व्यवसायी, दक्ष प्राविधिक, दक्ष जनशक्तिको उत्पादन भएमा मात्रै विकसित मुलुक बन्ने ठोकुवा गरे ।
संघीय सरकार, प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी रहेको हुँदा आफ्नो एकमात्र मिशन २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउदै मिशन ८४ लाई नेपाली कांग्रेसमय बनाउने अभियानमा कांग्रेसले जनजनको आवाजलाई सहित ढंगबाट सम्बोधन गरेरअघि बढ्मा मात्रै पुरा हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: