Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पशुपन्छी ढुवानी व्यवसायीद्वारा चितवनमा ‘होल्डिङ सेन्टर’को माग

खबरडबली संवाददाता

भरतपुर । नेपाल पशुपन्छीजन्य व्यवसायी सङ्घले पशु ढुवानीका लागि ‘होल्डिङ सेन्टर’को व्यस्थापन गरिदिन माग गरेको छ । पूर्वपश्चिम राजमार्गमा आठ÷आठ घन्टाको अन्तरमा पायक पर्ने गरी होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन सङ्घले माग गरेको हो । 

एनिमल नेपालले भरतपुरमा आयोजना गरेको पशु कल्याणसम्बन्धी सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा सङ्घले आधुनिक पशु ढुवानी साधनको व्यवस्था मिलाउन ठाउँठाउँमा होल्डिङ सेन्टर आवश्यक पर्नेमा जोड दिएको हो ।  सङ्घका महासचिव किशोरप्रसाद शर्माले राँगा, भैँसी ढुवानीका लागि होल्डिङ सेन्टर नहुँदा पशु ढुवानी गर्न समस्या भएको बताए । पशु ढुवानी गर्दा आठ घन्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भए पनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा लैजान कठिन भएको उनको भनाइ छ । नेपालमा पाँच स्थानमा पशु क्वारेन्टाइन भए पनि होल्डिङ सेन्टर छैन ।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको चासो देखिँदैन । पशु ढुवानी व्यवसायी वैकुण्ठ बलामीले पशु ढुवानीको मापदण्ड पूरा गर्न भौतिक संरचनामा सुधार गर्नुपर्ने बताए । उनले बुटवल–नारायणगढ सडक विस्तारका कारण पशु ढुवानी गर्न समस्या भएकोसमेत बताए । तराईका विभिन्न जिल्लाबाट चितवन हुँदै राँगा भैँसी राजधानी भित्रने गर्दछन् । व्यवसायीले रामनगर र गैँडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउन होल्डिङ सेन्टरको व्यवस्था गर्न माग गरेका छन् ।

चितवनमा होल्डिङ सेन्टर स्थापना गर्न दुई वर्षअघि  तीन करोड ८० लाख समेत विनियोजन गरिएको थियो । तर जग्गा नहुँदा रकम फ्रिज भएर गएको पशु क्वारेन्टाइन चितवनका प्रमुख शिरिष गौतमले जानकारी दिए । होल्डिङ सेन्टरका लागि जग्गा भाडामा लिन भन्दै सरकारले दुई लाख ४० हजार बजेट यस बर्षपनि विनियोजन गरेको उनले बताए । तर, जग्गा उपलब्ध नहुँदा यो रकम फिर्ता हुने सम्भावना रहेको उनको भनाइ छ  । 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पशु ढुवानी मापदण्डअनुसार गर्न व्यवसायीलाई अनुरोध गरे । अधिकारीले स्थानीय तहबाट पनि केही कमीकमजोरी भएको भन्दै होल्डिङ सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाए । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगामी दिनमा पशु कल्याणको पालना गर्दै ढुवानी गर्न व्यवसायीलाई निर्देशन दिए । 

व्यवसायीलाई समस्या भएको ठाउँमा समन्वय गर्न तयार रहेको भन्दै पशुसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न उहाँले अनुरोध गरे । एनिमल नेपाल चितवनकी प्रमुख सुलक्षणा रााणाले राँगा भैँसी ढुवानीमा न्यूनतम मापदण्ड पनि पालना नभएको बताए । उनले ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending