Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

पशुपन्छी ढुवानी व्यवसायीद्वारा चितवनमा ‘होल्डिङ सेन्टर’को माग

खबरडबली संवाददाता

भरतपुर । नेपाल पशुपन्छीजन्य व्यवसायी सङ्घले पशु ढुवानीका लागि ‘होल्डिङ सेन्टर’को व्यस्थापन गरिदिन माग गरेको छ । पूर्वपश्चिम राजमार्गमा आठ÷आठ घन्टाको अन्तरमा पायक पर्ने गरी होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन सङ्घले माग गरेको हो । 

एनिमल नेपालले भरतपुरमा आयोजना गरेको पशु कल्याणसम्बन्धी सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा सङ्घले आधुनिक पशु ढुवानी साधनको व्यवस्था मिलाउन ठाउँठाउँमा होल्डिङ सेन्टर आवश्यक पर्नेमा जोड दिएको हो ।  सङ्घका महासचिव किशोरप्रसाद शर्माले राँगा, भैँसी ढुवानीका लागि होल्डिङ सेन्टर नहुँदा पशु ढुवानी गर्न समस्या भएको बताए । पशु ढुवानी गर्दा आठ घन्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भए पनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा लैजान कठिन भएको उनको भनाइ छ । नेपालमा पाँच स्थानमा पशु क्वारेन्टाइन भए पनि होल्डिङ सेन्टर छैन ।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको चासो देखिँदैन । पशु ढुवानी व्यवसायी वैकुण्ठ बलामीले पशु ढुवानीको मापदण्ड पूरा गर्न भौतिक संरचनामा सुधार गर्नुपर्ने बताए । उनले बुटवल–नारायणगढ सडक विस्तारका कारण पशु ढुवानी गर्न समस्या भएकोसमेत बताए । तराईका विभिन्न जिल्लाबाट चितवन हुँदै राँगा भैँसी राजधानी भित्रने गर्दछन् । व्यवसायीले रामनगर र गैँडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउन होल्डिङ सेन्टरको व्यवस्था गर्न माग गरेका छन् ।

चितवनमा होल्डिङ सेन्टर स्थापना गर्न दुई वर्षअघि  तीन करोड ८० लाख समेत विनियोजन गरिएको थियो । तर जग्गा नहुँदा रकम फ्रिज भएर गएको पशु क्वारेन्टाइन चितवनका प्रमुख शिरिष गौतमले जानकारी दिए । होल्डिङ सेन्टरका लागि जग्गा भाडामा लिन भन्दै सरकारले दुई लाख ४० हजार बजेट यस बर्षपनि विनियोजन गरेको उनले बताए । तर, जग्गा उपलब्ध नहुँदा यो रकम फिर्ता हुने सम्भावना रहेको उनको भनाइ छ  । 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पशु ढुवानी मापदण्डअनुसार गर्न व्यवसायीलाई अनुरोध गरे । अधिकारीले स्थानीय तहबाट पनि केही कमीकमजोरी भएको भन्दै होल्डिङ सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाए । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगामी दिनमा पशु कल्याणको पालना गर्दै ढुवानी गर्न व्यवसायीलाई निर्देशन दिए । 

व्यवसायीलाई समस्या भएको ठाउँमा समन्वय गर्न तयार रहेको भन्दै पशुसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न उहाँले अनुरोध गरे । एनिमल नेपाल चितवनकी प्रमुख सुलक्षणा रााणाले राँगा भैँसी ढुवानीमा न्यूनतम मापदण्ड पनि पालना नभएको बताए । उनले ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending