बागलुङ । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो । विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने काम तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ । दुई जिल्ला जोड्ने सडकको काम सुस्त गतिमा हुँदा यात्रा गर्न निकै कठिन भएको छ । निर्माण कम्पनीले लामो समय काम रोकेको थियो ।
निर्माण कम्पनीले अहिले कामदार खटाएर काम गरिरहेको छ । दुई दशकसम्म कच्ची सडक हुँदा समय–समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ । निर्माण कम्पनीले सम्झौता गरेर काम गर्न आएदेखि समस्यामा सहजीकरण गर्दै आए पनि समयमै काम गर्न नसकेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले बताए । बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गर्दै आएको उनको भनाइ छ । समयमै सडक कालोपत्रे नहुँदा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती भोग्नु परेको उनले बताए ।
वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल सञ्चालन गरेको र नागरिक उपचारका लागि त्यहाँ जाँदा बढी समस्या खेप्नुपरेको प्रमुख शर्माले सुनाए । सडक आसपासका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले आजित बन्ने गरेका छन् । सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको उनको भनाइ छ ।
प्रमुख शर्माले भने, “ट्रयाक खुलेको धेरै वर्षपछि सडक स्तरोन्नति हुँदा स्थानीय खुसी भएका थिए, हामी पनि खुसी थियौँ तर निर्माण कम्पनीले चार वर्ष बित्न लाग्दा पनि काम सकेको छैन, हटिया बजारदेखि नगरपालिकाको कार्यालयसम्मको केही भाग नगरपालिकाले पनि काम गरेको छ, यतिका समयसम्म काम नगर्दा स्थानीय आक्रोषित भएका छन्, हामीले सहयोग गर्दा पनि समयमा काम गर्न सकेको छैन ।”
निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म काम सक्ने पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए । उनका अनुसार १० किलोमिटर आठ सय मिटर कालोपत्रे गर्नका लागि जिम्मा पाएको निर्माण कम्पनीले गलकोट खण्डमा नाली निर्माण, फराकिलो बनाउने काम सकेको छ । ताराखोला खण्डमा नाली व्यवस्थापन र फराकिलो पार्ने काम गरिरहेको इन्जिनियर पुनले बताउनुभयो । गलकोट नगरपालिका–३ हटिया बजारबाट ताराखोला गाउँपालिका–४ साँदीसम्मका लागि पहिलो चरणमा काम भएको हो । अहिले गाईघाट झरनासम्म काम भइरहेको पुनको भनाइ छ । निर्माण कम्पनीले रु २८ करोडको लागतमा सडक निर्माणको जिम्मा लिएको पुनले बताए ।
“काम सुरु भएपछि निर्माण कम्पनीले बीचमा लामो समय काम गरेन, अहिले ‘फिल्ड’मा आएर धमाधम काम गरिरहेको छ, असार मसान्तसम्म म्याद छ, काम ग¥यो भने सकिने सम्भावना देखिन्छ”, इन्जिनियर पुनले भने, “अब ४० प्रतिशत काम बाँकी छ, नाली र सडक चौडा गर्ने काम सकियो भने कालोपत्र गर्न धेरै समय लाग्दैन”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...



प्रतिकृया लेख्नुहोस्: