Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

ऊर्जा क्षेत्रमा जनशक्ति अभाव

खबरडबली संवाददाता

गण्डकी । ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीमा रहेको प्रदेश सरकारले ऊर्जा क्षेत्रमा जनशक्ति अभाव झेलिरहेको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ऊर्जा शाखा दुई जना कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । 

प्रदेश स्थापनाको छ वर्ष बितिसक्दा ऊर्जा हेर्ने निकायमा सङ्गठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षणसमेत हुन सकेको छैन । प्रदेशको समृद्धिको मुख्य आधारमध्येमा लिइएको ऊर्जा क्षेत्र नै प्राविधिक तथा प्रशासनिक जनशक्तिको अभावमा गुज्रिरहेको हो ।

मन्त्रालयको ऊर्जा शाखाका प्रमुख इन्जिनियर जीवन श्रेष्ठले आफूसहित इन्जिनियर दामोदर तिवारी उक्त शाखामा कार्यरत रहेको बताए । “मन्त्रालय गठन हुने बेलामा ऊर्जातर्फ तीन जनाको दरबन्दी थियो । अहिले झन घटेर दुईमा पुगेको छ”, उनले भने, “प्रदेशका ११ वटै जिल्लामा ऊर्जा क्षेत्र हेर्ने जिम्मेवारी यस शाखालाई छ ।”

जनशक्ति र स्रोतसाधनको अभावमा शाखाको दैनिक कार्यसम्पादन प्रभावित भइरहेको इन्जिनियर श्रेष्ठले बताए । “जनशक्ति नभएकाले विद्युत् विस्तारलगायतका काम नेपाल विद्युत् प्राधिकरणसँग मिलेर गरिरहेका छौँ”, उनले भने, “ऊर्जा क्षेत्र हेर्ने गरी निर्देशनालय वा अन्य छुट्टै संरचना स्थापनाका लागि माग गरे पनि प्रदेश सरकारबाट सुनुवाइ हुन सकेको छैन ।”

मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले सङ्गठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षण गरेर ऊर्जा शाखामा कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । कर्मचारी समायोजन हुँदा सङ्घ सरकारबाट ऊर्जा क्षेत्रमा काम गर्ने जनशक्ति प्रदेशमा नआएकाले जटिलता थपिएको उनको भनाइ थियो । 

“सङ्घीय निजामती ऐन नबन्दा पनि प्रदेशमा कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ”, प्रवक्ता पौडेलले भने, “ऊर्जा मन्त्रालय भनिएपनि न व्यवस्थित संरचना छ, न जनशक्ति छ ।” उहाँका अनुसार ऊर्जातर्फ गण्डकी प्रदेश सरकारले चालु आवमा रु नौ करोड ६५ लाख बजेट छुट्टाएको छ । 

विनियोजित बजेटबाट केन्द्रीय विद्युतीकरण, लघु जलविद्युत् आयोजनाको निर्माण, मर्मत सुधारलगायत काम भइरहेको ऊर्जा शाखाले जनाएको छ । प्रदेश सरकारले यसै वर्षभित्र ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीलाई अगाडि बढाएको छ । 

आर्थिक सर्वेक्षणले गण्डकीमा दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँच बाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको छ । ऊर्जा शाखाका अनुसार अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र विद्युत् सेवा पुग्न बाँकी छ । बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको सतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुर्याउने योजनामा मन्त्रालय छ । 

“बिजुलीको पहुँच बाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पु¥र्याउँछौँ”, ऊर्जा शाखाका इन्जिनियर श्रेष्ठले भने, “केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ ।” अहिलेसम्म बिजुली नै नपुगेका घरधुरी पहिचान गर्न विद्युत् प्राधिकरण र स्थानीय तहसँग मन्त्रालयले समन्वय गरिरहेको उनले बताए । 

तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी रहेको श्रेष्ठको भनाइ थियो । “अन्यत्र पनि विद्युत सेवाबाट वञ्चित गाउँ र परिवार हुन सक्छन्, त्यस्ता ठाउँको हामी आफैँले पनि खोजी र अध्ययन गर्दैछौँ”, उनले भने, “अहिलेसम्म प्रदेशभित्रका ९९ दशमलव ५० प्रतिशत घरमा विद्युत् सेवा पुगिसकेको छ ।”

प्रदेश स्थापनापछि विसं २०७४ मा गठित पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा सबै घरमा बिजुली पुर्याउने निर्णय गरेको थियो । बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यसै वर्ष पूरा हुने मन्त्रालयले जनाएको छ । 

सरकारको चालु आवको नीति तथा कार्यक्रमले पनि उक्त लक्ष्यलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता पौडेलले विद्युतीकरण हुन बाँकी नवलपुर र तनहुँका केही ठाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको बताए । 

सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरधुरीलाई स्वघोषणा गरेर आउनसमेत मन्त्रालयले सूचित गरेको प्रवक्ता पौडेलले बताए । मन्त्रालयका अनुसार प्रदेशका पाँच लाख ७५ हजार एक सय ८७ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जालगायतको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending