Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

कालिकोटको नरहरिनाथ गाउँपालिकामा भातमै भयो दुई करोड ५० लाख खर्च

कागजात मिलाउन कर्मचारी र जनप्रतिनीधिकाे जम्बाे टाेली काठमाडौंमा

खबरडबली संवाददाता

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक वर्षमा दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको छ  । आर्थिक वर्ष २०७९/०८० को  दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको हो । 

महालेखा परीक्षकको प्राराम्भीक प्रतिवेदन २०७९/०८० अनुसार एक वर्षको अवधिमा कर्मचारी र जनप्रतिनीधिहरुले दुुई करोड पचास लाखको भात र खाजा खाएका हुन् । महालेखा परीक्षकको कार्यालयले ३५ दिनकोे समयसिमा दिएर सम्परीक्षण गर्न गाउँपालिकामा पठाएको फाइल प्रतिवेदनमा जनप्रतिनीधि र कर्मचारीले दुई करोड ५० लाखको भात खाएको उल्लेख गरिएको छ ।

यद्यपी, महालेखाले आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन सार्वजनिक गरेको छैन् । महालेखाले प्रत्येक वर्षको चैत्रमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । गाउँपालिकाको सबै शाखा र वडा कार्यालयको खाना तथा खाजा खर्चमा दुई करोड ५० लाख खर्च हुनु स्वाभाविक भएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए ।

महालेखाको प्रतिवेदन अनुसार ‘बिबिध खर्चःस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि औचित्यताको आधार बिबिध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस स्थानीय तहले यो वर्ष खाना खाजा लगायतका बिबिधतर्फ मात्र २ करोड ५० लाख खर्च गरेको छ भने खर्चका प्रमाण हेर्दा बिल मात्र आएको देखिन्छ र त्यस प्रकारको खर्च बिभिन्न वडा तथा पालिकाका बिषयगत शाखाका कार्यक्रम भएको पालिकाले जनाएको छ । यस्तो खर्चमा मितव्ययी कायम गर्नुपर्ने ऐनमा उल्लेख छ ।

त्यस्तै, बेरुजु ३ करोड ९२ लाख ४ हजार ६ सय ९४ रुपैया ७३ पैसा रहेको ठहर गरेको छ । बेरुजुमा असुल गर्नु पर्ने रकम १६ लाख ४८ हजार ८ सय ५०.७ रहेको छ । अनियमितता भएको रकम २ करोड ४४ लाख ८८ हजार २ सय ८३ रहेको छ । यस्तै प्रमाणपत्र र कागजात पेश नभएको रकम १ करोड ३० लाख ८७ हजार ४ सय ६१.०३ रहेको छ ।

यस्तै, पालिकाले महालेखालाई उपलब्ध गराएको बिवरण अनुसार संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा सबैभन्दा कम ४.०७ प्रतिशत र सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढि ४३.५३ प्रतिशत बजेट विनीयोजन गरि खर्च गरिएको छ । त्यसैगरी पुर्वाधार विकासमा पालिकाले २२.९६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

कागजात मिलाउन कर्मचारी र जनप्रतिनीधिकाे जम्वाे टाेली काठमाडौंमा

महालेखा परीक्षकको कार्यालयले ३५ दिनकोे समयसिमा दिएर सम्परीक्षण गर्न समय दिएका कारणले अहिले लाखौ खर्च गरेर गाउँपालिकाका २२ जना कर्मचारी र जनप्रतिनीधि काठमाडौंमा पुगेका छन् । गाउँपालिकामा महालेखा परीक्षकको कार्यालय हरेक बिषयगत बजेटमा कैफियत देखाएका कारणले महालेखा परीक्षकको कार्यालयमा कागजात मिलाउन उनीहरु काठमाडौं गएका हुन् ।

गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, उपाध्यक्ष कमलकुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, बिषयगत शाखाका प्रमुख र ९ जना वडा अध्यक्ष अहिले काठमाडौंमा रहेका छन् ।

नरहरीनाथ गाउँपालिकाको विकासका लागि योजना माग्न आफुहरु काठमाडौं गएको उनीहरुको भनाई छ । महालेखा परीक्षकको कार्यालयले कैफियत देखाएपछि त्यसको हिसाब मिलाउन उनीहरु काठमाडौं गएको स्रोतको दाबी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending