Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सियो बनेर बाँसबारी पसेको चौधरी ग्रुप फाली बनेर निस्कन खाेज्दा...

मनाेज भट्टराई

काठमाडौं । गुमनाम भएको बाँसबारी छालाजुत्ता कारखानाको नाम आज एकाएक चर्चामा आयो । कारखाना रहेको सरकारी जग्गा हडप्नेहरु पक्राउ परे सँगै आज बासबारी छालाजुत्ताको चर्चा भएको हो । 

२०४९ मा कारखाना नै बन्द भएको बाँसबारी छालाजुत्ता कारखना पुनः संचचालनमा आएर हैन छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि यसको चर्चा चुलीएको हो । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ समेत हुन् ।

बाँसबारीमा २०२१ मा छालाजुत्ता कारखाना खुल्यो । कारखानामा २०४४ मा चौधरी ग्रुपको प्रबेश भएको देखिन्छ । २०४४ मा बाँसबारी छालाजुत्ता कारखानामा सियो बनेर प्रवेश गरेको चौधरी ग्रुप फालीमा परिणत भयो भने २०४९ मा बाँसबारी छाला जुत्ता कारखाना नै बन्द भयो । 

चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालन भएकै कम्पाउण्डमा अर्को कम्पनी पनि स्थापना गर्यो । सो कम्पनी ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हो । 

च्याम्पियन फुटवेयरमा चौधरी ग्रुपको २५ प्रतिशत र ७५ प्रतिशत सरकारको लगानी रहेको थियो । ७५ प्रतिशत लगानी गरेको सरकारले बाँसबारी छालाजुत्ता कारखाना संचालक समितिको निर्णयबाट सुरुमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा १० रोपनी जग्गा पास गराएको पाइएको छ ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) प्रमुख (एआईजी) किरण बज्राचार्यले  बताइन् । 

२०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा. लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका आम्रपाली कन्स्ट्रक्सनका संचालक समेत रहेका ठाकुरलाई पनि आजै पक्राउ गरिएको एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । 

अजित नारायण सिंह थापा त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाको संचालक समितिका अध्यक्ष थिए । संचालक समितिको निर्णय र प्रतिवेदनको आधारमा जग्गा मालपोतबाट पास गरेको भेटिएको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२०४७ मा च्याम्पियन्स फुटवेयर बन्द भयो । त्यसअघि नै ०४४ मा च्याम्पियन्सको नाममा जग्गा गइसकेको थियो । ‘घाटा भयो’ भनेर चौधरीहरुले जुत्ता कम्पनी बन्द गरेका सीआईबीको अनुसन्धान निष्कर्ष रहेको छ ।

२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द गरियो । त्यसपछि चौधरी ग्रुपले संचालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गा सहित फुटवेयर कम्पनी ‘प्रालि’मा परिवर्तन गराए । २०५४ मा सो जग्गा प्रालिमा रुपान्तरण भएर २०७५ मा चाँदबाग रेसिडेन्सी प्रा.लिमा कन्भर्ट भएको छ ।

काठमाडौँको बत्तिसपुतली घर भएका अजित नारायण सिंह थापा नेपाल औधोगिक इन्डष्ट्रियल कर्पोरेशन, बाँसबारी छालाजुत्ता तथा च्याम्पिय फुटवेयर लिमिटेडका पूर्व अध्यक्ष हुन् । जग्गा चौधरी ग्रुपलाई सुम्पिनुमा उनको मुख्य हात देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।

जग्गा हिनामिना गरेर चौधरी ग्रुपले आफ्नो बनाएको भन्दै काठमाडौँ–३ का वडा अध्यक्षसहित ४८ जना स्थानीयले सीआईबीमा उजुरी गरेका थिए ।  सरकारबाट हडपेर ल्याएको जग्गामा चाँदबाग स्कुल सञ्चालन गरिएको छ । स्कुलका मुख्य संचालक सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी हुन् ।  

चौधरी ग्रुपले ‘किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको र सरकारलाई ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ दिनको म्याद लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending