Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

सियो बनेर बाँसबारी पसेको चौधरी ग्रुप फाली बनेर निस्कन खाेज्दा...

मनाेज भट्टराई

काठमाडौं । गुमनाम भएको बाँसबारी छालाजुत्ता कारखानाको नाम आज एकाएक चर्चामा आयो । कारखाना रहेको सरकारी जग्गा हडप्नेहरु पक्राउ परे सँगै आज बासबारी छालाजुत्ताको चर्चा भएको हो । 

२०४९ मा कारखाना नै बन्द भएको बाँसबारी छालाजुत्ता कारखना पुनः संचचालनमा आएर हैन छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि यसको चर्चा चुलीएको हो । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ समेत हुन् ।

बाँसबारीमा २०२१ मा छालाजुत्ता कारखाना खुल्यो । कारखानामा २०४४ मा चौधरी ग्रुपको प्रबेश भएको देखिन्छ । २०४४ मा बाँसबारी छालाजुत्ता कारखानामा सियो बनेर प्रवेश गरेको चौधरी ग्रुप फालीमा परिणत भयो भने २०४९ मा बाँसबारी छाला जुत्ता कारखाना नै बन्द भयो । 

चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालन भएकै कम्पाउण्डमा अर्को कम्पनी पनि स्थापना गर्यो । सो कम्पनी ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हो । 

च्याम्पियन फुटवेयरमा चौधरी ग्रुपको २५ प्रतिशत र ७५ प्रतिशत सरकारको लगानी रहेको थियो । ७५ प्रतिशत लगानी गरेको सरकारले बाँसबारी छालाजुत्ता कारखाना संचालक समितिको निर्णयबाट सुरुमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा १० रोपनी जग्गा पास गराएको पाइएको छ ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) प्रमुख (एआईजी) किरण बज्राचार्यले  बताइन् । 

२०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा. लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका आम्रपाली कन्स्ट्रक्सनका संचालक समेत रहेका ठाकुरलाई पनि आजै पक्राउ गरिएको एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । 

अजित नारायण सिंह थापा त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाको संचालक समितिका अध्यक्ष थिए । संचालक समितिको निर्णय र प्रतिवेदनको आधारमा जग्गा मालपोतबाट पास गरेको भेटिएको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२०४७ मा च्याम्पियन्स फुटवेयर बन्द भयो । त्यसअघि नै ०४४ मा च्याम्पियन्सको नाममा जग्गा गइसकेको थियो । ‘घाटा भयो’ भनेर चौधरीहरुले जुत्ता कम्पनी बन्द गरेका सीआईबीको अनुसन्धान निष्कर्ष रहेको छ ।

२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द गरियो । त्यसपछि चौधरी ग्रुपले संचालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गा सहित फुटवेयर कम्पनी ‘प्रालि’मा परिवर्तन गराए । २०५४ मा सो जग्गा प्रालिमा रुपान्तरण भएर २०७५ मा चाँदबाग रेसिडेन्सी प्रा.लिमा कन्भर्ट भएको छ ।

काठमाडौँको बत्तिसपुतली घर भएका अजित नारायण सिंह थापा नेपाल औधोगिक इन्डष्ट्रियल कर्पोरेशन, बाँसबारी छालाजुत्ता तथा च्याम्पिय फुटवेयर लिमिटेडका पूर्व अध्यक्ष हुन् । जग्गा चौधरी ग्रुपलाई सुम्पिनुमा उनको मुख्य हात देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।

जग्गा हिनामिना गरेर चौधरी ग्रुपले आफ्नो बनाएको भन्दै काठमाडौँ–३ का वडा अध्यक्षसहित ४८ जना स्थानीयले सीआईबीमा उजुरी गरेका थिए ।  सरकारबाट हडपेर ल्याएको जग्गामा चाँदबाग स्कुल सञ्चालन गरिएको छ । स्कुलका मुख्य संचालक सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी हुन् ।  

चौधरी ग्रुपले ‘किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको र सरकारलाई ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ दिनको म्याद लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending