Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

जन्मस्थान विकासमा जुट्दै भोजपुरको गोगनेवासी

खबरडबली संवाददाता

भोजपुर ।  आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् । 

जन्म लिएको भूमिलाई देश–विदेशमा चिनाउने तथा गोगने क्षेत्रलाई पवित्र धार्मिकस्थल बनाउने लक्ष्यका साथ गोगनेका न्यौपाने समाजले यहाँ विभिन्न संरचना निर्माण गरिरहेको छ । समाजले टेम्केमैयुङ–८ गोगनेको धाइपाको विष्णु पाञ्चायन मन्दिरको निर्माण गरेको छ ।

जन्मभूमिको सम्मानस्वरुप यहाँको विष्णु पाञ्चायन मन्दिर स्थापना गरेर अमृत सरोवर पोखरीमा निर्माण थालिएको गोगनेका न्यौपाने समाज काठमाडौँका अध्यक्ष भानुभक्त न्यौपानेले बताए । धाइपालाई नेपालको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गराउँदै धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।  

“जन्मभूमिको सम्मानस्वरुप हामी यो ठाउँको विकासमा जुटेका छौँ”, अध्यक्ष न्यौपानेले भने, “यही भूमिमा जन्मेर हामी विभिन्न ठाउँमा पुगेका छौँ, उन्नति, प्रगति गरेका छौँ, हामीलाई यो स्थानमा यही माटोले पुर्यायो, अहिले हामी जन्मभूमिको विकासमा जुटेका छौँ, यो स्थानलाई नेपालको एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउने हामीले लक्ष्य लिएका छौँ ।” 

गोगनेका न्यौपानेको अगुवाइमा यो स्थानमा २०७५ साल माघमा विष्णु पाञ्चायन मन्दिरको स्थापना गरिएको थियो । यहाँ निर्माण गरिने पोखरीमा नेपाल तथा भारतका विभिन्न पवित्र धार्मिकस्थलबाट जल ल्याइने जनाइएको छ । यो क्षेत्रको बृहत् विकास गर्दै धार्मिक पयर्टनका लागि बाहिर गइरहेको पैसालाई नेपालमा नै खर्च गर्ने वातावरण निर्माण गर्ने लक्ष्यले विष्णु पाञ्चायन मन्दिरको विकास भइरहेको न्यौपानेका आदिपुरुष षडानन्दका वंशज पूजा प्रतिष्ठानका संरक्षक दयाकृष्ण न्यौपानेले बताए ।   

यहाँ निर्माण हुने अमृत सरोवर पोखरीमा देश–विदेशका विभिन्न पवित्र धार्मिक क्षेत्रको जल ल्याइने भएकाले भारतलगायत अन्य ठाउँका धार्मिकस्थलमा नुहाउँदा प्राप्त हुने फल यहीँ प्राप्त हुने उनको भनाइ छ । यो धार्मिकस्थललाई नेपालको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए ।

“धार्मिकस्थलको दर्शनका लागि अन्य देशमा जाँदा नेपालको धेरै पैसा बाहिरिने गरेको छ”, उनले भने, “हामीले यो धार्मिक क्षेत्रलाई नेपालकै एक उत्कृष्टस्थल बनाउने लक्ष्य लिएका छौँ, यहाँ निर्माण हुने पोखरीमा देश, विदेशका पवित्र धार्मिकस्थलबाट जल ल्याउने छौँ, यसले यहाँको धार्मिक पर्यटनको विकासमा समेत टेवा पुग्ने छ ।”  

विष्णु पाञ्चायन मन्दिर परिसरमा न्यौपानेका आदिपुरुष षडानन्दको सालिक, विष्णुपादुका, अष्टचिरञ्जीवी, नवग्रहलगायत देवीदेवताको मूर्ति स्थापना गरिएको छ । मन्दिर परिसरको घेराबारसँगै हेलिप्याडसमेत निर्माण गरिएको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष धु्रवराज रेग्मीले बताए  ।

यो क्षेत्रको विकासका लागि दाताबाट रु ५० लाखबराबर सहयोग प्राप्त भएको उनले बताए  । यो स्थानलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ प्रतिष्ठानले भावी योजना अघि बढाएको अध्यक्ष रेग्मीको भनाइ छ । “विष्णु पाञ्चायन मन्दिरको बृहत्तर विकासका लागि काम गरिरहेका छौँ”, अध्यक्ष रेग्मीले भने, “यसको विकासका लागि सहयोग प्राप्त भइरहेको अवस्था छ, यहाँ विभिन्न देवीदेवताको मूर्ति स्थापनासँगै आवश्यक संरचना निर्माणको काम भइरहेको छ ।” 

धार्मिक सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै लोपोन्मुख भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, वेशभूषा, संस्कार, संस्कृति र भाषाभाषीको शिक्षा दिन पाठशाला स्थापना गरिने अध्यक्ष रेग्मीले बताए । “यो स्थानमा हामीले पाठशाला सञ्चालनको तयारी गरिरहेका छौँ”, उनले भने, “पाठशालामार्फत लोपोन्मुख संस्कार, संस्कृतिका बारेमा बालबालिकालाई शिक्षा दिने लक्ष्य छ ।”

पोखरी शिलान्यासको अवसरमा धाइपामा रहेको जाल्पा प्राथमिक विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन यहाँका २९ बालबालिकालाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

सेन्ट्रल जेल ‘ब्रेक’को सपना, अन्त्य असनको कोठामा

काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...

तरकारी बजारमा विचौलियाको बिगबिगी, मूल्य तोक्ने व्यापारी नै !

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिँदा खोटाङ र पूर्वी तराईबीच यातायात सम्पर्क विच्छेद

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending