Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जन्मस्थान विकासमा जुट्दै भोजपुरको गोगनेवासी

खबरडबली संवाददाता

भोजपुर ।  आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् । 

जन्म लिएको भूमिलाई देश–विदेशमा चिनाउने तथा गोगने क्षेत्रलाई पवित्र धार्मिकस्थल बनाउने लक्ष्यका साथ गोगनेका न्यौपाने समाजले यहाँ विभिन्न संरचना निर्माण गरिरहेको छ । समाजले टेम्केमैयुङ–८ गोगनेको धाइपाको विष्णु पाञ्चायन मन्दिरको निर्माण गरेको छ ।

जन्मभूमिको सम्मानस्वरुप यहाँको विष्णु पाञ्चायन मन्दिर स्थापना गरेर अमृत सरोवर पोखरीमा निर्माण थालिएको गोगनेका न्यौपाने समाज काठमाडौँका अध्यक्ष भानुभक्त न्यौपानेले बताए । धाइपालाई नेपालको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गराउँदै धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।  

“जन्मभूमिको सम्मानस्वरुप हामी यो ठाउँको विकासमा जुटेका छौँ”, अध्यक्ष न्यौपानेले भने, “यही भूमिमा जन्मेर हामी विभिन्न ठाउँमा पुगेका छौँ, उन्नति, प्रगति गरेका छौँ, हामीलाई यो स्थानमा यही माटोले पुर्यायो, अहिले हामी जन्मभूमिको विकासमा जुटेका छौँ, यो स्थानलाई नेपालको एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउने हामीले लक्ष्य लिएका छौँ ।” 

गोगनेका न्यौपानेको अगुवाइमा यो स्थानमा २०७५ साल माघमा विष्णु पाञ्चायन मन्दिरको स्थापना गरिएको थियो । यहाँ निर्माण गरिने पोखरीमा नेपाल तथा भारतका विभिन्न पवित्र धार्मिकस्थलबाट जल ल्याइने जनाइएको छ । यो क्षेत्रको बृहत् विकास गर्दै धार्मिक पयर्टनका लागि बाहिर गइरहेको पैसालाई नेपालमा नै खर्च गर्ने वातावरण निर्माण गर्ने लक्ष्यले विष्णु पाञ्चायन मन्दिरको विकास भइरहेको न्यौपानेका आदिपुरुष षडानन्दका वंशज पूजा प्रतिष्ठानका संरक्षक दयाकृष्ण न्यौपानेले बताए ।   

यहाँ निर्माण हुने अमृत सरोवर पोखरीमा देश–विदेशका विभिन्न पवित्र धार्मिक क्षेत्रको जल ल्याइने भएकाले भारतलगायत अन्य ठाउँका धार्मिकस्थलमा नुहाउँदा प्राप्त हुने फल यहीँ प्राप्त हुने उनको भनाइ छ । यो धार्मिकस्थललाई नेपालको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए ।

“धार्मिकस्थलको दर्शनका लागि अन्य देशमा जाँदा नेपालको धेरै पैसा बाहिरिने गरेको छ”, उनले भने, “हामीले यो धार्मिक क्षेत्रलाई नेपालकै एक उत्कृष्टस्थल बनाउने लक्ष्य लिएका छौँ, यहाँ निर्माण हुने पोखरीमा देश, विदेशका पवित्र धार्मिकस्थलबाट जल ल्याउने छौँ, यसले यहाँको धार्मिक पर्यटनको विकासमा समेत टेवा पुग्ने छ ।”  

विष्णु पाञ्चायन मन्दिर परिसरमा न्यौपानेका आदिपुरुष षडानन्दको सालिक, विष्णुपादुका, अष्टचिरञ्जीवी, नवग्रहलगायत देवीदेवताको मूर्ति स्थापना गरिएको छ । मन्दिर परिसरको घेराबारसँगै हेलिप्याडसमेत निर्माण गरिएको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष धु्रवराज रेग्मीले बताए  ।

यो क्षेत्रको विकासका लागि दाताबाट रु ५० लाखबराबर सहयोग प्राप्त भएको उनले बताए  । यो स्थानलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ प्रतिष्ठानले भावी योजना अघि बढाएको अध्यक्ष रेग्मीको भनाइ छ । “विष्णु पाञ्चायन मन्दिरको बृहत्तर विकासका लागि काम गरिरहेका छौँ”, अध्यक्ष रेग्मीले भने, “यसको विकासका लागि सहयोग प्राप्त भइरहेको अवस्था छ, यहाँ विभिन्न देवीदेवताको मूर्ति स्थापनासँगै आवश्यक संरचना निर्माणको काम भइरहेको छ ।” 

धार्मिक सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै लोपोन्मुख भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, वेशभूषा, संस्कार, संस्कृति र भाषाभाषीको शिक्षा दिन पाठशाला स्थापना गरिने अध्यक्ष रेग्मीले बताए । “यो स्थानमा हामीले पाठशाला सञ्चालनको तयारी गरिरहेका छौँ”, उनले भने, “पाठशालामार्फत लोपोन्मुख संस्कार, संस्कृतिका बारेमा बालबालिकालाई शिक्षा दिने लक्ष्य छ ।”

पोखरी शिलान्यासको अवसरमा धाइपामा रहेको जाल्पा प्राथमिक विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन यहाँका २९ बालबालिकालाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending