Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

ठेक्का लिएर सडक अलपत्रपार्ने सांसदविरुद्ध रामेछापका मतदाता आन्दोलित

धोएर सुकाउन राखेको लुगा धुलो नटकटकाइ लगाउनै सकिँदैन

खबरडबली संवाददाता

रामेछाप । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसद विरुद्ध आन्दोलित भएका छन् । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्र नभएपछि स्थानीय आन्दोलित भएका हुन् ।

रामेछाप सदरमुकाम जोड्ने मन्थली–चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । ठेक्का सम्झौतामा उल्लेखित सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटरमात्रै कालोपत्रे भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण समेत गराएको छ । सो सडकको ठेक्का सांसद कान्छारामकै निर्माण कम्पनीले पाएको थियो । उनी रामेछापमा गठबन्धनबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

सांसदको जिम्मेवारी काममा ढिलासुस्ती भए जनताको पक्षबाट खबरदारी गर्ने हो । तर, उनैले ठेक्का लिएर काम अलपत्र पारेपछि जनता उनलाई खबरदारी गर्न बाध्य भएको  चिसापानीका नरेश श्रेष्ठले बताए । उनले भने, ‘कान्छाराम माननीयले ठेक्का लिएका सडक अलपत्र छन् । चिसापानीमा अरु ठेकेदारले लिएका विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका संरचना पनि अस्तव्यस्त र अपूरा छन्, उक्त आयोजना पूरा गर्न अन्य ठेकेदारलाई दबाब दिन सांसद तामाङसमक्ष स्थानीयले आग्रह गर्दा उनले चासो दिएका छैनन् । उनी आफैंले ठेक्का अलपत्र पारेका छन् ।’

सरोकार समितिले सात दिनभित्र निर्माण सुरू नगरे ठेकदार र तालुकदार निकायविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको संघर्ष समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । सडक अलपत्र छाडेर सांसद तामाङले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको स्थानीय सुभास श्रेष्ठले बताए ।

श्रेष्ठले भने,‘धोएर सुकाउन राखेको लुगा धुलो नटकटकाइ लगाउनै सकिँदैन । माननीयज्यूले नै सडक निर्माणको काम अलपत्र पारेर हामीलाई दुःख दिइरहनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीलाई चिसापानीसँग जोड्ने मुख्य सडक तीन वर्षदेखि अलपत्र र लथालिंग अवस्थामा छ । हिउँदमा धुलोले स्थानीयलाई हैरान पार्छ भने वर्षामा हिलो भएर हिँडिसाध्य हुँदैन ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६र०७७ मा पक्की सडक निर्माणका लागि टेन्डर आह्वान हुँदा एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । जसका सञ्चालक सांसद तामाङ हुन् ।

तामाङको निर्माण कम्पनीले २०७७ असार २७ गते भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रूपैयाँमा ठक्का लिएको थियो । निर्माणको काम ८० प्रतिशत पूरा भएको देखाउँदै कम्पनीले १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

काम भने जम्मा दुई किलोमिटर मात्रै भएको छ । तामाङले नक्कली प्रगति प्रतिवेदन देखाएर भुक्तानी लिएको संघर्ष समितिका संयोजक श्रेष्ठले बताए । सडक निर्माणका लागि पटक-पटक ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय आन्दोलित हुनुपरेको स्थानीय रवीन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मन्थली नगरपालिका-८ को वडा कार्यालयको अग्रसरतामा २०७९ पुस ६ गते निर्माण व्यवसायी र स्थानीयबीच भौतिक पूर्वाधार कार्यालय रामेछापमा बैठक बसेको थियो ।

बैठकमा २०७९ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । तर, सहमति भएको पनि १० महिना बित्दा पनि निर्माण कम्पनीले काम सुरू नगरेपछि आन्दोलित हुनुपरेको स्थानीय घनश्याम श्रेष्ठले बताए । 

भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख वीरेन्द्र बज्राचार्यले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा जनताले समस्या भोग्नु परिरहेको बताए । निर्माण कम्पनीलाइ पटक-पटक ताकेता गर्दा समेत निर्माणमा ढिदाइ भइरहेकाे उनकाे भनाइ छ । 

गत मंसिर १५ गते व्यवसायीले सडक निर्माण तुरुन्त थाल्ने लिखित सम्झौता पनि गरेका थिए । त्यो सम्झौता भएको दुई महिना बितिसक्दा पनि सांसदले काम थालेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: