काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार शहीद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । शहीद सप्ताहको अन्तिम दिन महानगरपालिकाले प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको हो ।
शहीद दिवसको अवसरमा मंगलबार बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरी लैनचौरमा रहेको शहीद स्मारकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
महानगरले शहीद स्पताहको पहिलो दिन, माघ १० गते शहीद शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माल्यार्पण तथा स्मृति सभा गरेको थियो।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने गरिने गरिएकामे छ । आज देशभरका विभिन्न स्थानमा शहीदको स्मरणमा विभिन्न कार्यक्रमहरु गरेर शहीद दिवस मनाइँदै छ।
शहीद दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताए। आजको दिन महान शहीदहरुको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरुले देखेको सपना र गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तीका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न प्रधानमन्त्रीले आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए।
प्रधानमन्त्रले भने, ‘जहाँनिया राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाउँदै आएका छौँ। यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान शहीदहरुप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता भएका योद्धाहरुप्रति उच्च सम्मान र स्मरण गर्दछु। नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान शहीदहरुले उच्च बलिदान गर्नुभएको छ। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रही रहनेछन्। आजको दिन महान शहीदहरुको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरुले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तीका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन पनि हो। त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: