काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो । समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो ।
समाजवादीका उपाध्यक्ष डा.वेदुराम भुसालले केन्द्रिय परिषद् बैठकमा महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने, केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुनेछ र केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ हुने प्रश्ताव गरेकाे बताए ।
उक्त प्रश्तावलाई परिषद्का बहुमत सदस्यहरुले पारित गरेका छन् । बैठकले महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेछन् । पार्टीका कुनै पनि तहका नेता महाधिवेशन प्रतिनिधि बन्न आफ्नो सदस्यता रहेकै ठाउँबाट निर्वाचित भएर आउनुपर्ने व्यावस्था गरेकाे छ ।
समाजवादीले केन्द्रिय कमिटीको संख्या १९९ जना र केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ कायम गर्ने निर्णय पनि गरेकाे छ । केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहने भुसालले जानकारी दिए ।
केन्द्रिय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, केन्द्रिय अनुशासन आयोग, केन्द्रिय लेखा परीक्षण आयोग, केन्द्रिय निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार परिषद्, केन्द्रिय ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रिय परिषद् रहने छन् ।
प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।
प्रदेश कमिटी भित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव १ र उपसचिव ३ रहनेछ । जिल्ला कमिटीको संख्या ५५ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी तय गरिने भुसालले बताए ।
जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ जना रहनेछन् । पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वटा छन् भने । ५ भन्दा बढी वडा छन् भने पालिकाको प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।
स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ हुने व्यवस्था गरिएको छ । पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: