काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो । समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो ।
समाजवादीका उपाध्यक्ष डा.वेदुराम भुसालले केन्द्रिय परिषद् बैठकमा महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने, केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुनेछ र केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ हुने प्रश्ताव गरेकाे बताए ।
उक्त प्रश्तावलाई परिषद्का बहुमत सदस्यहरुले पारित गरेका छन् । बैठकले महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेछन् । पार्टीका कुनै पनि तहका नेता महाधिवेशन प्रतिनिधि बन्न आफ्नो सदस्यता रहेकै ठाउँबाट निर्वाचित भएर आउनुपर्ने व्यावस्था गरेकाे छ ।
समाजवादीले केन्द्रिय कमिटीको संख्या १९९ जना र केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ कायम गर्ने निर्णय पनि गरेकाे छ । केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहने भुसालले जानकारी दिए ।
केन्द्रिय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, केन्द्रिय अनुशासन आयोग, केन्द्रिय लेखा परीक्षण आयोग, केन्द्रिय निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार परिषद्, केन्द्रिय ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रिय परिषद् रहने छन् ।
प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।
प्रदेश कमिटी भित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव १ र उपसचिव ३ रहनेछ । जिल्ला कमिटीको संख्या ५५ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी तय गरिने भुसालले बताए ।
जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ जना रहनेछन् । पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वटा छन् भने । ५ भन्दा बढी वडा छन् भने पालिकाको प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।
स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ हुने व्यवस्था गरिएको छ । पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: