Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कञ्चनपुरमा २० प्रतिशतमात्रै धान खरिद

खबरडबली संवाददाता
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ ।
 
संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन ।
 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए ।“हामीले यस वर्ष किसानबाट १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ”, उपाध्यायले भने, “समयमै धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरे पनि लक्ष्यअनुसार धान खरिद गर्न सकिएन ।”
 
उनले सरकारले समर्थन मूल्य तोकेर किसानको धान खरिद गर्न सुरु गर्नेबित्तिकै बजारमा धानको मूल्यवृद्धि भएकाले किसान धान बेच्न खाद्यमा नआएको बताए । “बजारमा धानको मूल्यवृद्धि भएपछि किसान धान बिक्री गर्न यहाँ आएनन्”, उनले भने, “गत वर्ष पनि हामीले लक्ष्यअनुसार धान खरिद गर्न सकेका थिएनौँ ।” 
 
गत वर्ष खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो । यता किसान भने खाद्य संस्थानमा धान खरिद गर्न प्रक्रियागत झन्झटका कारण बजारमा धान बिक्री गरेको बताउँछन् । 
 
“हामीले आफ्नै धान खरिद गर्नसमेत शुल्क तिर्नुपर्ने भयो”, यहाँका किसान खुसी रानाले भने, “धान बिक्री गर्न वडा कार्यालय गएर सिफारिस बनाउनुपर्यो, त्यसको रु पाँच सयसम्म सिफारिसको शुल्क तिर्नुपर्छ ।” उनले सरकारले किसानका लागि सजिलो हुनेगरी धान खरिद गर्ने व्यवस्था नमिलाएको बताए । 
 
सरकारले तोकेको मूल्यभन्दा बजारमा राम्रो मूल्य पाएपछि खाद्यलाई धान बिक्री नगरेको अर्का किसान लालसिंह डगौराले बताउँछन् । “खाद्यलाई धान बिक्री गर्न सिफारिस बनाउनमै रु पाँच–सात सय खर्च हुने, त्यो झन्झटभन्दा बजारमा बिक्री गरेका हाैँ”, उनले भने । 
 
उनले सरकारले जहिल्यै ढिलोगरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए । सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने किसान गणेश भट्टले बताए । 
“सरकारले ढिलो गरेको फाइदा व्यापारीले उठाउँछन्  किसान समस्यामा छन् भन्ने थाहा हुन्छ र सस्तोमा खरिद गर्छन्”, भट्टले भने, “सरकारले समयमै धान खरिद गरेमात्रै किसानलाई न्याय हुन्छ ।” कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...

‘सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित’

काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...

उदयपुरमा नालीमा डुबेर दुई वर्षे एक नाबलककाे मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...

थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending