Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

कञ्चनपुरमा २० प्रतिशतमात्रै धान खरिद

खबरडबली संवाददाता
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ ।
 
संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन ।
 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए ।“हामीले यस वर्ष किसानबाट १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ”, उपाध्यायले भने, “समयमै धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरे पनि लक्ष्यअनुसार धान खरिद गर्न सकिएन ।”
 
उनले सरकारले समर्थन मूल्य तोकेर किसानको धान खरिद गर्न सुरु गर्नेबित्तिकै बजारमा धानको मूल्यवृद्धि भएकाले किसान धान बेच्न खाद्यमा नआएको बताए । “बजारमा धानको मूल्यवृद्धि भएपछि किसान धान बिक्री गर्न यहाँ आएनन्”, उनले भने, “गत वर्ष पनि हामीले लक्ष्यअनुसार धान खरिद गर्न सकेका थिएनौँ ।” 
 
गत वर्ष खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो । यता किसान भने खाद्य संस्थानमा धान खरिद गर्न प्रक्रियागत झन्झटका कारण बजारमा धान बिक्री गरेको बताउँछन् । 
 
“हामीले आफ्नै धान खरिद गर्नसमेत शुल्क तिर्नुपर्ने भयो”, यहाँका किसान खुसी रानाले भने, “धान बिक्री गर्न वडा कार्यालय गएर सिफारिस बनाउनुपर्यो, त्यसको रु पाँच सयसम्म सिफारिसको शुल्क तिर्नुपर्छ ।” उनले सरकारले किसानका लागि सजिलो हुनेगरी धान खरिद गर्ने व्यवस्था नमिलाएको बताए । 
 
सरकारले तोकेको मूल्यभन्दा बजारमा राम्रो मूल्य पाएपछि खाद्यलाई धान बिक्री नगरेको अर्का किसान लालसिंह डगौराले बताउँछन् । “खाद्यलाई धान बिक्री गर्न सिफारिस बनाउनमै रु पाँच–सात सय खर्च हुने, त्यो झन्झटभन्दा बजारमा बिक्री गरेका हाैँ”, उनले भने । 
 
उनले सरकारले जहिल्यै ढिलोगरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए । सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने किसान गणेश भट्टले बताए । 
“सरकारले ढिलो गरेको फाइदा व्यापारीले उठाउँछन्  किसान समस्यामा छन् भन्ने थाहा हुन्छ र सस्तोमा खरिद गर्छन्”, भट्टले भने, “सरकारले समयमै धान खरिद गरेमात्रै किसानलाई न्याय हुन्छ ।” कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE