Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गाँजाको कुलतमा फस्दै राैतहटका युवाहरू

खबरडबली संवाददाता

रौतहट । रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्।

जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् । 

रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा राखेर गाँजा तान्ने गर्दछन् । पढेलेखेका शिक्षीत तथा आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतलमा वा अन्य पलास्टिकको बोतलमा फलामको पाईप जोडेर गाँजा खाने गरेका छन् । 

यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गाँजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । प्रत्येक दिन बिहान र साँझ प्रायः कटहरिया स्थित माध्यमिक बिधालय वरिपरि, बिधालय छेउ पोखरीको डिलमा,र लालबकैया नदिको पुल तथा नदिको बांध माथी, तथा गाँउमा जहाँ निःशुल्क वाईफाई चलेको छ युवाहरुको चहलपहल हेर्न सकिन्छ । 

उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा  जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन । यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे ।

कोरोना कालमा सरकारले गरेको लकडाउन पछि कटहरिया, गरुडा, फातुवा विजयपुर, देवाहि गोनाहि, गुजरा, बृन्दाबन,बाराको आदर्श कोतवाल लगायत दर्जनौं स्थानीय तहका युवाहरू गांजाखान पल्केका छन । एकपटक गाँजा खान सुरु गरेपछि युवाहरू दिनदिनै गाँजाको अमली हुन थालेका छन । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रणको लागि पहल गरेको देखिएन । 

कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए सँगै स्थानीय  युवाहरु गाँजा खान आकर्षित भएको एकजना जानकारले बताएका छन । 

त्यतिमात्र नभई दिनभरि गाँजा खाएर बस्ने युवाहरुले पैसाको जोहो गर्न ससाना चोरीका घटना देखि विभिन्न अपराधिक क्रियाकलापमा  लागिरहेको कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन। युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ता तथा अपराधिक क्रियाकलापमा लागेपछि समाजको लागि ठुलो चिन्ताको बिषय बनेको वडा अध्यक्ष कुशवाहाले दुःख ब्यक्त गरेका छन ।

केही तस्करले तस्करीमार्फत मकवानपुर जिल्लाको विभिन्न ठाउँबाट रौतहट र बारा जिल्लाको अधिकांश गाउँ बजारमा गाँजा ल्याउने गर्दछन् । यसरी ल्याइएको गांजा  रौतहट र बाराको अधिकांश बजारका पान पसल, ससाना किराना पसलमा सहजै सहजै खरिद गर्न पाईने हुनाले सो क्षेत्रमा लागुऔषध गाँजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

त्यस्ता पसलमा गएर गाँजा खानेहरुले ५० वाला दिनुस भनेर कोड भाषामा भनेर पैसा दिएपछि एउटा पुडिया गाँजा पाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन।
बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन ।

सुर्या अस्पताल बिरगंजका बरिस्ठ डाक्टर सरोज सिंहका अनुसार युवा अबस्थामा नियमित गाँजा सेवनले  सम्पुर्ण शरीरनै प्रभावित हुने गर्दछ ।  बिस्तारै स्मरण शक्ति कम्जोर हुने, हाई ब्लड प्रेसर ,मुटुरोग, फोक्सो, पेटमा क्यान्सर हुने र मानसिक अवस्था बिग्रेर अल्पायु मै मृत्यु हुने डाक्टर सिंहले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरी आफ्नो हिसाबले लागिरहेको बताउँछन्।
गाँउ गाँउमा विद्यालयमा साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम समेत संचालन भएको छ।

कैयौं युवालाई प्रहरिले नियन्त्रणमा लिदा हारगुहार गरेर कार्वाही गर्न नदिएर स्वयं अभिभावकले जिम्मामा लानेगरेको एसपी श्रेष्ठले बताएका छन। यस्तो कुलत बाट युवा तथा आफ्ना बालबालिका लाई छुटाउन प्रहरीका साथै अभिभावकले समेत भूमिका खेल्नुपर्ने एसपी श्रेष्ठको भनाई रहेको छ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending