काठमाडाैं । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संल्गन रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन भएको छ । स्मृतिग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा हुँदै छ ।
यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।
उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।
उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।
प्रस्तुत स्मृतिग्रन्थ उनको एकल जीवनको गाथामात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृहजिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: