Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सडक अतिक्रमण गरी बनाइएको संरचना भत्काइयो

खबरडबली संवाददाता

वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चौकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् । 

केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएपछि सडक निर्माण अवरुद्ध भएको थियो । अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर संरचना भत्काएपछि सडक निर्माणको बाटो खुलेको छ ।

महानगर प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवले बताए । उनका अनुसार रू ६९ लाख १५ हजारमा हुलाकी सडकको मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

ठेकेदार कम्पनीका सञ्चालक दीपु साहले अबको एक महिनाभित्रमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम थालिएको बताए । 

सडक निर्माणका लागि अवरोधका रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) काम सुरु गरिएको उनको भनाइ थियो । “एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम काम अघि बढाएका छौँ”, उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...

‘सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित’

काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...

उदयपुरमा नालीमा डुबेर दुई वर्षे एक नाबलककाे मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...

थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending