माघ ११ गते, २०८० बिहिवार 25th January, 2024 Thu१८:०५:०३ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि विहीबार भएको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान ९ देखि दिउँसो ३ बजेसम्ममा निर्वाचन सम्पन्न भएको हो । सातै प्रदेशमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ भएकोे र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सातै प्रदेशमा गरी प्रदेशसभाका सदस्यतर्फ पाँच सय ४९ मतदाता रहेकामा पाँच सय ४६ ले मतदान गरी ९९ दशमलव ४५ प्रतिशत तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ एक हजार चार सय ९७ मतदाता रहेकामा एक हजार चार सय ८६ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा दुई हजार ३२ ले मतदान गरेकाले ९९ दशमलव ३२ प्रतिशत मतदान भएको छ ।
आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेशसभाका सदस्यतर्फ ९३ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ७३ मतदाता रहेकामा दुई सय ७१ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ । दुवै तहमा गरी कोशी प्रदेशतर्फ कूल मतदाता तीन सय ६६ मा तीन सय ६४ ले मतदान गरेकाले ९९ दशमलव ४५ प्रतिशत मतदान भएको छ ।
मधेस प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय सातजना मतदाता रहेकामा एक सय ६ ले मतदान गरी ९९ दशमलव शून्य सात प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ६७ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत मतदान भएको छ । यसरी मधेस प्रदेशतर्फ कूल मतदाता तीन सय ७४ मा तीन सय ७३ ले मतदान गरेकाले ९९ दशमलव ७३ प्रतिशत मतदान भएको छ ।
बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय १० मतदाता रहेकामा एक सय आठले मतदान गरी ९८ दशमलव १८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ३७ मतदाता रहेकामा तीन सय ३४ ले मतदान गरी ९८ दशमलव ७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता तीन सय ४७ मा तीन सय ४२ ले मतदान गरेकाले ९८ दशमलव ५६ प्रतिशत मतदान भएको छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ६० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ ले मतदान गरी ९९ दशमलव ४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ ले मतदान गरेकोले ९९ दशमलव ५७ प्रतिशत मतदान भएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ ले मतदान गरी ९९ दशमलव शुन्य आड प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ ले मतदान गरेकोले ९९ दशमलव ३४ प्रतिशत मतदान भएको छ ।
कर्णाली प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ४० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा सबैले मतदान गरेकोले शत प्रतिशत मतदान भएको छ ।
सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ ले मतदान गरी ९८ दशमलव ३० प्रतिशत मतदान भएको छ । यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२२५ ले मतदान गरेकोले ९८ दशमलव ६८ प्रतिशत मतदान भएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आमसञ्चार माध्यम एवं सम्पूर्ण सरोकारवालाई आयोगले धन्यवाद दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...
प्रतिकृया लेख्नुहोस्: