Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

राष्ट्रियसभा निर्वाचनमा ९९ प्रतिशत मतदान

खबरडबली संवाददाता
काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि विहीबार भएको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
 
पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान ९ देखि दिउँसो ३ बजेसम्ममा निर्वाचन सम्पन्न भएको हो । सातै प्रदेशमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ भएकोे र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
सातै प्रदेशमा गरी प्रदेशसभाका सदस्यतर्फ पाँच सय ४९ मतदाता रहेकामा पाँच सय ४६ ले मतदान गरी ९९ दशमलव ४५ प्रतिशत तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ एक हजार चार सय ९७ मतदाता रहेकामा एक हजार चार सय ८६ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा दुई हजार ३२ ले मतदान गरेकाले ९९ दशमलव ३२ प्रतिशत मतदान भएको छ ।
 
आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेशसभाका सदस्यतर्फ ९३ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ७३ मतदाता रहेकामा दुई सय ७१ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ । दुवै तहमा गरी कोशी प्रदेशतर्फ कूल मतदाता तीन सय ६६ मा तीन सय ६४ ले मतदान गरेकाले ९९ दशमलव ४५ प्रतिशत  मतदान भएको छ ।
 
मधेस प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय सातजना मतदाता रहेकामा एक सय ६ ले मतदान गरी ९९ दशमलव शून्य सात प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ६७ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत मतदान भएको छ । यसरी मधेस प्रदेशतर्फ कूल मतदाता तीन सय ७४ मा तीन सय ७३ ले मतदान गरेकाले ९९ दशमलव ७३ प्रतिशत मतदान भएको छ ।
 
बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय १० मतदाता रहेकामा एक सय आठले मतदान गरी ९८ दशमलव १८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ३७ मतदाता रहेकामा तीन सय ३४ ले मतदान गरी ९८ दशमलव ७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता तीन सय ४७ मा तीन सय ४२ ले मतदान गरेकाले ९८ दशमलव ५६ प्रतिशत मतदान भएको छ ।
 
गण्डकी प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ६० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ ले मतदान गरी ९९ दशमलव ४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ ले मतदान गरेकोले ९९ दशमलव ५७ प्रतिशत मतदान भएको छ ।
 
लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ ले मतदान गरी ९९ दशमलव शुन्य आड प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ ले मतदान गरेकोले ९९ दशमलव ३४ प्रतिशत मतदान भएको छ ।
 
कर्णाली प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ४० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा सबैले मतदान गरेकोले शत प्रतिशत मतदान भएको छ ।
 
सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ ले मतदान गरी ९८ दशमलव ३० प्रतिशत मतदान भएको छ । यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२२५ ले मतदान गरेकोले ९८ दशमलव ६८ प्रतिशत मतदान भएको छ ।
 
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आमसञ्चार माध्यम एवं सम्पूर्ण सरोकारवालाई आयोगले धन्यवाद दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE