Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

पाँचौं प्रयासमा सदन छिर्ने मौका मिल्याे मनरुपालाई

खबरडबली संवाददाता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नं.१० की मनरुपा शर्मा (बिमला) राष्ट्रियसभा सदस्य बनेकी छन् ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैं सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिएका थिए।

माओवादी शान्ति प्रक्रियामा आएको करिब दुई दशकपछि शर्मा सांसद बनेकी हुन् ।शर्माले तीन हजार छ सय ६० मत पाएकी छन् ।उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मत पाएकी थिईन् । राप्रपाबाट उम्मेदवार बनेकी  गौमाया श्रेष्ठले एक सय छ मत पाएकी छन् ।प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ एक मत गरी दुई मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

शर्मा भने पाँचौं प्रयासमा माननीय भएकी हुन् ।०६४ सालमा पहिलो संविधानसभा सदस्य उम्मेदवार उनी थोरै मतले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीसँग पराजित भएकी थिईन्  ।

अहिले उनी कांग्रेससहितको मतबाट सांसद बनेकी हुन् । त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि उनलाई सांसद बन्ने अवसर मिलेको थिएन । पहिलो पटक उम्मेदवार बनेको १६ वर्षपछि उनी माननीय बन्न सफल भएकी छन् ।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबिच भएको सहमति अनुसार माओवादी केन्द्रले उनलाई महिला ‘कलस्टर’बाट उम्मेदवार बनाएको हो । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन् ।

२०६० देखि पार्टी र संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी हाल माओवादी केन्द्र पर्वत जिल्ला संयोजक रहेकी छन् । पार्टीले आफुलाई वास्तवमै न्याय गरेको अनुभूति भएको भएको र  आज धेरै नै खुसी भएको उनले बताईन् । अब राष्ट्रियसभामा गएर देश र जनताको हितमा काम गगर्दै आफु र आफ्नो वर्गलाई प्राथमिकता दिने उनले बताइन् ।

उनका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए ।  गएको आमनिर्वाचनमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उनी  निराश भइनन् र पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय रहेकी छन् ।

आफूलाई मत दिने र बाँकी सबै मतदातालाई धन्यवाद दिँदै उनले जनताको आकांक्षा सम्बोधन गर्ने गरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले जुन वर्ग, समुदायबाट आफु आएकी छु, त्यही वर्गका सरोकारका मुद्दा उढाउने वाचा गरेकी छन् । महिला, दलित, जनजाति, सहिद परिवारको पीडा उठाउँदै ती पीडा सम्बोधन गर्न जति सक्ने प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending