Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिम पराजित

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बागमतीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा विहीबार टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनायो । जितका लागि दुई सय ४८ रनको लक्ष्य पाएको सुदूरपश्चिम प्रदेशको पारी ३० दशमलव तीन ओभरमा एक सय ५० रनमा समेटियो । 

बागमतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ६२ बलमा छ चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी कप्तान रित गौतमले ६१ बलमा नौ चौकासहित ४४ रन जोडे । अशोक पौडेलले ३१, सोनु देवकोटाले २८, रविन जोशीले २४, प्रतिश जिसीले १७, विपिन आचार्यले १२, सूर्य तामाङले नौ तथा इशान पाण्डेले दुई रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नारायण जोशीले तीन तीन, विकास आग्रीले दुई तथा मिलन बोहराले एक विकेट लिए ।

सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा नरेन भट्टले ४१, किरण ठगुन्नाले ४१ तथा खडग बोहोराले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ बागमतीका सूर्य तामाङ र विपिन आचार्यले तीन तीन तथा रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले एक एक विकेट लिए । जितसँगै आठ खेल खेलेको बागमतीले १० अङ्क जोडेको छ । 

बागमती अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । छ खेल खेलेको सुदूरपश्चिमको भने आठ अङ्क छ । सुदूरपश्चिम अङ्कतालिकाको पाँचौँ स्थानमा झरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending