मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशमा चार राष्ट्रियसभा सदस्यका लागि बिहीबार मतदान हुनेछ ।
निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने छन् । मतदानका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनले बताए ।
प्रत्येक मतदान केन्द्रमा १० कर्मचारी खटाइने छन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए । उक्त निर्वाचनमा १५ जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुकुमारी पुडासैनी र अन्यतर्फ जितजङ्ग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।
त्यसैगरी नेकपा (एमाले)बाट महिलातर्फ रोजकुमारी चौलागाई, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् । राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ नानु नगरकोटी, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र दलिततर्फ पूर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: