मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशमा चार राष्ट्रियसभा सदस्यका लागि बिहीबार मतदान हुनेछ ।
निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने छन् । मतदानका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनले बताए ।
प्रत्येक मतदान केन्द्रमा १० कर्मचारी खटाइने छन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए । उक्त निर्वाचनमा १५ जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुकुमारी पुडासैनी र अन्यतर्फ जितजङ्ग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।
त्यसैगरी नेकपा (एमाले)बाट महिलातर्फ रोजकुमारी चौलागाई, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् । राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ नानु नगरकोटी, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र दलिततर्फ पूर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: