काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवारबाट न्यूरोड क्षेत्रलाई नो पार्किङ क्षेत्र बनाए सँगै न्यूरोडका व्यवसायीआन्दोलनमा उत्रिएका छन् । पाकिङगर्न नदिए ग्राहाक घट्नेर व्पारमा कमी आउने भन्दै न्युरोड क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीहरू आन्दोलित भएपनि महानगरले कडाइका साथ नियम लागू गराउन भन्दै दिनभरि महानगर प्रहरी र महानगरका अन्य कर्मचारीहरू न्यूरोड क्षेत्रमा देखिएका थिए ।
एकातिर ‘नो पार्किङ’ क्षेत्रमा महानगरका प्रहरी र कर्मचारी दौडधुपमा देखिएका थिए भने अर्कातिर महानगरकै टेकुमा देखिएको दृश्यले भने महानगरलाई गिज्याइरहेको थियो । नगर प्रहरीको बा २ झ २७२७ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा पार्किङ राखेको पाइएका सँगै महानगरको निर्णयलाई महानगरकै गाडीराखिएको दृश्यले गिज्याई रहेको थियो । महानगर प्रहरीको सवारी नै नो पार्किङ क्षेत्रमा पार्किङ गरिएपछि यत्रतत्र आलोचना सुरु भएको छ ।
कहिले आकाशे पुल मुनिबाट गैर कानूनी रूपमा बाटो काट्ने, कहिले ट्राफिक नियमको उल्लङ्घन गरी सवारी चलाउने र कहिले ठेला गाडा हुत्त्याएर फाल्ने आलोचित हुँदै आएकाे नगर प्रहरीकाे टेकुमा गरीएकाे याे पार्किङले झन आलाेचित भएकाे छ ।
महानगरले न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेकाे छ । यस अघि महानगरले दरबारमार्गमा याे नियम लागू गरेकाे थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: