काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवारबाट न्यूरोड क्षेत्रलाई नो पार्किङ क्षेत्र बनाए सँगै न्यूरोडका व्यवसायीआन्दोलनमा उत्रिएका छन् । पाकिङगर्न नदिए ग्राहाक घट्नेर व्पारमा कमी आउने भन्दै न्युरोड क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीहरू आन्दोलित भएपनि महानगरले कडाइका साथ नियम लागू गराउन भन्दै दिनभरि महानगर प्रहरी र महानगरका अन्य कर्मचारीहरू न्यूरोड क्षेत्रमा देखिएका थिए ।
एकातिर ‘नो पार्किङ’ क्षेत्रमा महानगरका प्रहरी र कर्मचारी दौडधुपमा देखिएका थिए भने अर्कातिर महानगरकै टेकुमा देखिएको दृश्यले भने महानगरलाई गिज्याइरहेको थियो । नगर प्रहरीको बा २ झ २७२७ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा पार्किङ राखेको पाइएका सँगै महानगरको निर्णयलाई महानगरकै गाडीराखिएको दृश्यले गिज्याई रहेको थियो । महानगर प्रहरीको सवारी नै नो पार्किङ क्षेत्रमा पार्किङ गरिएपछि यत्रतत्र आलोचना सुरु भएको छ ।
कहिले आकाशे पुल मुनिबाट गैर कानूनी रूपमा बाटो काट्ने, कहिले ट्राफिक नियमको उल्लङ्घन गरी सवारी चलाउने र कहिले ठेला गाडा हुत्त्याएर फाल्ने आलोचित हुँदै आएकाे नगर प्रहरीकाे टेकुमा गरीएकाे याे पार्किङले झन आलाेचित भएकाे छ ।
महानगरले न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेकाे छ । यस अघि महानगरले दरबारमार्गमा याे नियम लागू गरेकाे थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: