सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सदस्यले सरकारले अनुदान रोक्दा बन्द हुन लागेको बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्थापन गरी नियमित सञ्चालन गर्न, कतिपय मानव बस्तीमा जङ्गली हात्तीले पुर्याइरहेको धनजनको क्षति रोकथाममा पहल गर्न, बाढीपहिरो पीडितका लागि उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराए ।
उनिहरुले भूक्षयको रोकथाममा पहल गर्न, प्रदेश स्थायी राजधानी निर्माणमा चासो दिन, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिन, आगलागी पीडितलाई राहत दिन, भूकम्पले क्षति पुर्याएका विद्यालयलगायतका संरचनाको पुनःनिर्माणमा ध्यान दिन पनि ध्यानाकर्षण गराए ।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जानकीदेवी ऐर बम, प्रकाश बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, शिवसिंह ओली, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा सार्कीले आ–आफ्नो धारणा राखेका थिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सभा समक्ष टेबुल गरे । प्रदेशसभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ । प्रदेशसभाको तेस्रो अधिवेशन यही माघ ५ गते सुरु भएको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कुनै कानुन बन्न सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: