सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सदस्यले सरकारले अनुदान रोक्दा बन्द हुन लागेको बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्थापन गरी नियमित सञ्चालन गर्न, कतिपय मानव बस्तीमा जङ्गली हात्तीले पुर्याइरहेको धनजनको क्षति रोकथाममा पहल गर्न, बाढीपहिरो पीडितका लागि उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराए ।
उनिहरुले भूक्षयको रोकथाममा पहल गर्न, प्रदेश स्थायी राजधानी निर्माणमा चासो दिन, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिन, आगलागी पीडितलाई राहत दिन, भूकम्पले क्षति पुर्याएका विद्यालयलगायतका संरचनाको पुनःनिर्माणमा ध्यान दिन पनि ध्यानाकर्षण गराए ।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जानकीदेवी ऐर बम, प्रकाश बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, शिवसिंह ओली, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा सार्कीले आ–आफ्नो धारणा राखेका थिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सभा समक्ष टेबुल गरे । प्रदेशसभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ । प्रदेशसभाको तेस्रो अधिवेशन यही माघ ५ गते सुरु भएको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कुनै कानुन बन्न सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: