सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।
आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइए पनि शिक्षकको अभावमा विद्यार्थी पढ्न वञ्चित हुँदै आएका छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा नं २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ, वडा नं ३ मा रहेको जनता प्रावि खरिक, वडा नं ४ मा रहेको बाललीला प्रावि देउली, वडा नं ९ मा रहेको काफलगैरी प्रावि सेरा, वडा नं १० मा रहेको प्रेमज्योति प्रावि पराजुल र वडा नं १२ मा रहेको दलित प्रावि ताल लगायतका विद्यालय शून्य दरबन्दी हुँदा बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।
सेरामा बालविकास र कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कक्षा १–३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा २२ जना विद्यार्थी छन् । बाहुनगाउँ पनि कक्षा १–३ चलेको छ जसमा २४ जना विद्यार्थी रहेको रञ्जना आचार्य शर्माले बताइन् । बालविकास र कार्यालय सहयोगीले पढाइरहनुपरेको उनको भनाइ छ ।
खरिकमा ३२ जना विद्यार्थी छन् जसमा दुईजना निजी शिक्षक र कार्यालय सहयोगीले पढाइरहेका छन् । राजुलमा २५ जना विद्यार्थी छन् जसमा बालविकास र कार्यालय सहयोगीले पढाइरहेका छन् । यी सबै विद्यालय बालविकासदेखि ३ कक्षासम्म चलिरहेका छन् ।
नगरप्रमुख कर्णबहादुर बुढाथोकीले शिक्षामा आफ्नो पहिलो प्राथमिकता राखेको त्यस्तो ठाउँमा छिट्टै शिक्षक व्यवस्थापन गर्ने बताए । सामाजिक विकास समिति संयोजक तथा ७ नं वडाध्यक्ष जीवनसिंह ठकुरीको संयोजकत्वमा विद्यालय अनुगमन, व्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका काम गर्ने समिति बनेको र उक्त समितिको प्रतिवेदनअनुसार काम अघि बढाउने उनको भनाइ छ ।
प्रतिवेदनमा आएको निष्कर्षअनुसार दरबन्दी मिलान गरेर थप दरबन्दी थपघट गरेर शिक्षामा सुधार ल्याउने नगरप्रमुख बुढाथोकीको भनाइ छ । जिल्लामा ४३९ सामुदायिक विद्यालय रहेकोमा दरबन्दी र राहत गरेर १ हजार ६०२ जना मात्र शिक्षक रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: