सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।
आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइए पनि शिक्षकको अभावमा विद्यार्थी पढ्न वञ्चित हुँदै आएका छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा नं २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ, वडा नं ३ मा रहेको जनता प्रावि खरिक, वडा नं ४ मा रहेको बाललीला प्रावि देउली, वडा नं ९ मा रहेको काफलगैरी प्रावि सेरा, वडा नं १० मा रहेको प्रेमज्योति प्रावि पराजुल र वडा नं १२ मा रहेको दलित प्रावि ताल लगायतका विद्यालय शून्य दरबन्दी हुँदा बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।
सेरामा बालविकास र कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कक्षा १–३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा २२ जना विद्यार्थी छन् । बाहुनगाउँ पनि कक्षा १–३ चलेको छ जसमा २४ जना विद्यार्थी रहेको रञ्जना आचार्य शर्माले बताइन् । बालविकास र कार्यालय सहयोगीले पढाइरहनुपरेको उनको भनाइ छ ।
खरिकमा ३२ जना विद्यार्थी छन् जसमा दुईजना निजी शिक्षक र कार्यालय सहयोगीले पढाइरहेका छन् । राजुलमा २५ जना विद्यार्थी छन् जसमा बालविकास र कार्यालय सहयोगीले पढाइरहेका छन् । यी सबै विद्यालय बालविकासदेखि ३ कक्षासम्म चलिरहेका छन् ।
नगरप्रमुख कर्णबहादुर बुढाथोकीले शिक्षामा आफ्नो पहिलो प्राथमिकता राखेको त्यस्तो ठाउँमा छिट्टै शिक्षक व्यवस्थापन गर्ने बताए । सामाजिक विकास समिति संयोजक तथा ७ नं वडाध्यक्ष जीवनसिंह ठकुरीको संयोजकत्वमा विद्यालय अनुगमन, व्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका काम गर्ने समिति बनेको र उक्त समितिको प्रतिवेदनअनुसार काम अघि बढाउने उनको भनाइ छ ।
प्रतिवेदनमा आएको निष्कर्षअनुसार दरबन्दी मिलान गरेर थप दरबन्दी थपघट गरेर शिक्षामा सुधार ल्याउने नगरप्रमुख बुढाथोकीको भनाइ छ । जिल्लामा ४३९ सामुदायिक विद्यालय रहेकोमा दरबन्दी र राहत गरेर १ हजार ६०२ जना मात्र शिक्षक रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: