काठमाडौं । व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।
मंगलबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो ।
एफआइयु नेपालको वार्षिक प्रतिवेदन २०२२/२३ अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएका शङ्कास्पद कारोबारमध्ये ३७ प्रतिशत कारोबारमा व्यावसायिक प्रकृतिका कामका लागि व्यक्तिगत बैंक खाता प्रयोग भइरहेको देखिएको छ ।
यसरी व्यावसायिक प्रकृतिको कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग भएर गरिने शङ्कास्पद लेनदेनको सङ्ख्या मासिक औसत ६५ वटा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । “यो प्रकृतिको शङ्कास्पद कारोबार भनेर वित्तीय जानकारी एकाइमा आउनेमध्ये ४८ प्रतिशत सामित्व व्यवसायसँग सम्बन्धित, ३३ प्रतिशत प्राइभेट लिमिटेडसँग सम्बन्धित र १९ प्रतिशत व्यवसाय कस्ता प्रकृतिका कम्पनी हुन् भन्ने खुलेको छैन”, प्रतिवेदनमा भनिएको छ, “क्षेत्रगत रुपमा व्यापार, उत्पादन, होटल तथा रेष्टुराँ, ट्राभल, मेडिकललगायतका क्षेत्रमा यस्तो कारोबार बढी भइरहेको छ ।”
एउटै व्यवसायको कारोबारका लागि धेरैवटा बैंक खाता प्रयोग हुने गरेको पनि देटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औँल्याइएको छ ।
वित्तीय जानकारी एकाइले दुई सय चार मामलाको अध्ययन तथा विश्लेषण गरेकामा एक सय १३ मामलालाई थप अध्ययन तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग तथा आन्तरिक राजस्व विभागमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ती मामलामा शङ्कास्पद कारोबार भएको रकम रू १२ अर्ब बराबर रहेको छ ।
कर छलीका लागि व्यावसायिक कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग गरिनुलाई गम्भीर समस्याका रुपमा औँल्याउँदै प्रतिवेदनले यस्तो कार्य रोक्नका लागि सबै नियामक र सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने सुझाव दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: