काठमाडौं । विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले पूर्वमा जारी प्रदेश पुनःनामाङ्कनको आन्दोलन अब सीमाङ्कनको मुद्दातिर अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका आहुतिले किरात गणराज्य मोर्चा, यलाखोम समितिद्वारा काठमाडौंमा आयोजित ‘पूर्वी नेपालमा जनविद्रोहको दिशाबोध’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“नामाङ्कनबाट आन्दोलन उठ्यो, ठीक छ । यो जहाँबाट पनि उठ्न सक्छ । तर, अबचाहिँ यही नामाङ्कनकै विषयमा अल्झिरहनुचाहिँ ठीक होइन, अब यो सीमाङ्कनतिर अघि बढ्नुपर्छ,” आहुतिले भने । त्यसअघि उनले भने, “उत्पीडित आदिवासी जनजातिहरूको घनत्व भएको ठाउँहरूलाई मुख्य आधार बनाएर नयाँ सीमाङ्कनमा जाने कि नजाने, मुख्य प्रश्न यो हो । लिम्बूहरूको घनिभूत जनसङ्ख्या भएको ठाउँहरूलाई समेटेर लिम्बूवान् बनाउन प्रयास गर्ने कि नगर्ने रु किरातहरूको बहुसङ्ख्यक जनसङ्ख्या भएको ठाउँलाई समेटेर किरात, तामाङहरूको बहुसङ्ख्यक जनसङ्ख्या भएको ठाउँलाई समेटेर ताम्लासिङ बनाउने कि नबनाउने रु प्रश्न यो हो ।”
यसो हुँदा मात्रै जारी आन्दोलनको औचित्य पुष्टि हुने उनले बताए । “यदि यसो भयो भने मात्रै तेस्रो जनआन्दोलन भनेपनि, जनयुद्ध भनेपनि त्यसको महत्त्व रहन्छ । तर, अहिलेकै संविधान ठीक छ, यही संविधानको प्रदेशको सीमाङ्कन ठीक छ, यही व्यवस्था ठीक छ भनियो भने उत्पीडित राष्ट्रहरूको मुक्ति सम्भव छैन,” उनले भने ।
उनले वर्तमान संविधान र व्यवस्था उत्पीडित आदिवासी जनजातिहरूको मौलिक विशेषतासँग नमिल्ने बताए । “अहिलेको चालू राज्य व्यवस्था अर्को छ, आदिवासी जनजातिहरूको मौलिक विशेषताहरू अर्कोतिर छ । यो पनि छलफल हुनुपर्छ,” उनले भने ।
उनले उत्पीडित राष्ट्रहरूले पहिलो संविधान सभाले टुङ्ग्याएको १४ वटा प्रदेश खोज्नुपर्ने बताए । “त्यहाँ लिम्बूवान्-किरातको कुरा नभइ लिम्बूवान् मात्रै, किरात मात्रैको कुरा रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...



प्रतिकृया लेख्नुहोस्: