Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

महोत्तरीकाे राईमन्डल डाँडामा लोपोन्मुख पंक्षी गिद्ध फेला

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाँडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो ।

शनिबार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागीहरुले उक्त बासस्थानको अवलोकन गरेका छन् । एक अध्ययनअनुसार  सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको थिए तर २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यसको संख्या निक्कै न्यून छ ।

तर, राईमन्डल वरपर भिमडाडा, सोलीघोप्टे, सेतोभीर जस्ता ठाउँमा  देखिएका हजारौ गिद्धहरुको दृश्यले  ठुलो बासस्थान रहेको अनुमान गरिएको छ । पदयात्रामा सहभागीहरुले स्थानीय सरकारले तत्काल गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रकोरुपमा विकास गर्नुपर्ने धारणा राखे ।

नेपालका केही ठाँउहरुमा गिद्धको प्रजनन केन्द्र र गिद्ध रेस्टुरेन्ट समेत खोलेर यस्को संरक्षणको लागी  सफल अभ्यासहरु भएको बताउँदै स्थानीय लोसपाका नेता चेत कुमार थापा राईमन्डल गिद्ध अध्ययन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार भएको बताउँछन् ।  

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना -सन् २०१५-२०१९) लागू गरिएको थियो । यसको लागी स्थानीय सरकार संघ र प्रदेश सरकारसँग नजिक भएर काम गरे राईमन्डल पर्यटकीय केंन्द्रकोरुपमा समेत विकास हुन सक्ने कतिपय विज्ञहरुको सुझाव छ ।

राईमन्डल र भप्सी वरपर वस्ने स्थानीय बासिन्दाहरु विहानको समयमा हजारौको संख्यामा गिद्धहरु आकाशमा देखिने बताउँछन्। 'दुईदेखि तीन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन्, ' स्थानीय बल बहादुरले भने, 'विशेषगरी सेतोभीर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।'

यो पंक्षी सिकारी पंक्षी भए पनि आफै सिकार गर्दैन । मरेका सिनो र बासी मासुहरू आहारा वनाउने गर्दछ । बासस्थानको अभाव, घरपालुवा जनावर हरूमा डाइक्लोफिनेक जस्ता एन्टीबायोटिक औषधिको प्रयोग लगायतका कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको विज्ञहरु बताउँछन् ।

धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदायले त आफन्तको शव गिद्धलाई खुवाउदा मृतकको आत्मालाई स्वर्ग पुराउने दूतकारुपमा लिने गर्दछन । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक त हो नै समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहरकोरुपमा पनि लिइन्छ ।

त्यसैले राईमन्डललाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरी स्थानीय सरकारले यसलाई पर्यटन विकास केन्द्रकोरुपमा विकास गर्नुपर्ने उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले राइमंडलमा देखिएको गिद्धको बासस्थानको ध्यानाकर्षण जनाएका छन् । सरोकारवालाहरुसँग छलफल अगाडि बढाएर यस क्षेत्रको संरक्षणको लागी कार्ययोजना बनाउने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE