Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

शैलजा आचार्य हृदय राेग केन्द्रकाे उद्घाटन भाेलि हुँदै

खबरडबली संवाददाता

विराटनगर । शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पतालकाे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ । 

काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे । उक्त अस्पतालकाे उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर काेइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा गर्ने प्रदेश सरकारकाे तयारी छ ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएकाे बजेटमार्फत शैलजा आचार्य हृदय राेग केन्द्र अस्पताल सञ्चालनकाे घाेषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भाैतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएकाे प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा. सुधा देवकाेटाले बताइन् ।

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता काेइराला, मुख्यमन्त्री कार्की, प्रदेश याेजना आयाेगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएकाे तयारीकाे आइतबार अनुगमन गरेका छन् । उनीहरूले अस्पतालसँगै रहेकाे प्रदेश जनस्वास्थ्य प्रयाेगशालाकाे समेत अनुगमन गरेका हुन् । उक्त प्रयाेगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूकाे आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेकाे हाे । अनुगमनका क्रममा कांग्रेस नेता काेइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयाेगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए ।

अनुगमनपछि काेइरालाले हृदय राेग उपचारका लागि शैलजा आचार्य हृदय राेग केन्द्र उपयुक्त भएकाे बताएका छन् । उनले यस अस्पतालले काठमाडाैं बाहिर बिरामीहरूकाे हृदय राेगकाे उपचारकाे ढाेका खुलेकाे बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका हृदय राेगका बिरामीहरूकाे उपचार संघीय सरकारकाे एक लाख र प्रदेश सरकारकाे एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताएका हुन् । उनले याे अस्पताल सञ्चालनले काेशी प्रदेशका साथै मधेस प्रदेशका हृदय राेग बिरामीलाई काठमाडाैं र भारत धाउनै पर्ने बाध्यात्मक अवस्थाकाे अन्त्य भएकाे बताएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending