काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कसैलाई राजा भनेर लेख्नु संविधान विपरीत भएको बताएका छन् । संविधान विपरीत पूर्वराजाको स्वागतमा ब्यानर र गेट बनाइएको भन्दै उनले यस्तो बताएका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित भुटनदेवी मन्दिर नजिक राजावादीहरूले ‘राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव’ उल्लेखित स्वागतद्वार निर्माण गरेका थिए । तर, मन्त्री श्रेष्ठले यसबारे जानकारी पाएपछि गेट हटाउन लगाएका थिए । सो क्रममा विवाद भएपछि राजावादीहरू ब्यानरमा उल्लेखित ‘राजा’ शब्दअघि पूर्व’ शब्द थप्न राजी भएका थिए । सोही सच्याइएको बोर्ड पछि राख्न दिइएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले नेपाल गणतान्त्रिक मुलुक भएकाले यहाँ कुनै राजा नभएको बताए । ‘कसैलाई राजा भनेर लेख्नु संविधान विपरीत हो । त्यसैले राजा लेखेको ब्यानर हटाउन प्रहरीलाई निर्देशन दिएको हुँ । राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएछ, राम्रो भयो’, उनले भने ।
पछिल्लो समय देशभर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका पूर्वराजा आइतबार हेटौँडा पुगेका हुन् । शाह हेटौँडाको विभिन्न धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमण तथा पूजा आराधनाको सहभागी हुने भएपछि स्वागतको लागि प्रतिनिधिसभा सदस्य तथा राप्रपाका केन्द्रीय सदस्य दीपक बहादुर सिंहको संयोजकत्वमा ११११ सदस्यीय मूल समिति गठन गठन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: