Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

रुससँग युक्रेनको युद्धविराममाथि ब्लिङ्केनद्वारा आशङ्का व्यक्त

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार युक्रेनमा युद्धविराममा पुग्ने विषयमा आशङ्का व्यक्त गर्दै रुसले आक्रमणको करिब दुई वर्ष बितिसक्दा पनि राम्रो विश्वास नदेखाएको बताए । 

स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उनको उक्त टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वैश्विक शान्ति शिखर सम्मेलनको प्रस्ताव गरेको एक दिनपछि आएको हो । प्रस्तावमा जेलेन्स्कीले कुनै पनि सम्झौताका लागि रुसले युक्रेनी क्षेत्र छाड्नुपर्ने उल्लेख गरे । 

“मलाई यस्तो हुन्छ जस्तो लाग्दैन”, युद्धविरामको सम्भावनाका बारेमा ब्लिङ्केनले भने, “हामी सधैँ युद्धविरामका लागि खुला छौँ, युद्धविरामप्रति सचेत छौँ किनकी कसैले भन्दा धेरै युक्रेनी जनता यही चाहन्छन् तर त्यहाँ रुसको आक्रामकताले दिएको क्षेत्रीय अखण्डता, सम्प्रभुता र स्वतन्त्रता जस्ता चुनौतीका लागि रुसका तर्फबाट आधारभूत सिद्धान्तका आधारमा राम्रो विश्वासका साथ छलफल गर्ने इच्छा हुनुपर्छ ।”

“यदि रुस उक्त आधारमा वार्ता गर्नका लागि तयार हुन्छ भने उसले त्यसो गर्न चाहने युक्रेनीहरूलाई भेट्टाउने छ र निश्चितरूपमा अमेरिकाबाट समर्थन प्राप्त गर्नेछ”, विदेशमन्त्री ब्लिङ्केनले भने । 

युक्रेनले रुसबाट पूर्वी क्षेत्रहरूलाई फिर्ता लिनका लागि सङ्घर्ष गरिरहेको र अमेरिकी कांग्रेसले राष्ट्रपति जो बाइडेनको अनुरोधअनुसार किएभलाई थप सैन्य सहयोगलाई अनुमति दिन ढिलाइ गरिरहेकाले युद्धविरामको माग बढेको छ । 

अमेरिकाले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु हुनुभन्दा पहिला रुससँग युक्रेनमा सुरक्षा चिन्ताका रूपमा वर्णन गरेको कुराबारे उल्लेख गर्दै ब्लिङ्केनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अभिप्रायमाथि आशङ्का व्यक्त गरे । पुटिनले सो समयमा युक्रेनलाई नाटो गठबन्धनमा प्रवेशलाई लिएर चेतावनी दिएका थिए । 

“तपाईंले मलाई विश्वास गर्नुपर्ने आवश्यकता छैन, मात्र राष्ट्रपति पुटिनले के भने त्यो पढ्नुहोस्, यो वास्तवमा त्यसको बारेमा कहिल्यै थिएन, यो सधैँ पुनः एउटा विशाल रुसलाई स्थापा गर्ने भव्य दृष्टिकोणका बारेमा थियो”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौंका व...

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक । मनसुन सुरु हुनै लाग्दासमेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत न...

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ ।  कांग्रेस केन्द...

विश्व नापतौल दिवस मनाइयो

काठमाडौं । ‘भोलिको दिगोपनका लागि आज मापन गछौँ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार...

करोडौँ लागतमा बनेका दुई बसपार्क प्रयोगविहीन

नवलपरासी । पश्चिम नवलपरासीमा करोडौँ लागतमा बनेका दुई बसपार्क निर्माण भएको वर्षौँ बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । रु तीन करोड ३५ लाखमा परासी ...

राष्ट्रपति इब्राहिम रायसीको निधनमा इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति...

नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च

काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै ...

धनराजको माग:रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारवाहीको माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।  गु...

तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।  भन्सार विभागले आज सार्...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन

सुर्खेत । जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies