Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

रुससँग युक्रेनको युद्धविराममाथि ब्लिङ्केनद्वारा आशङ्का व्यक्त

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार युक्रेनमा युद्धविराममा पुग्ने विषयमा आशङ्का व्यक्त गर्दै रुसले आक्रमणको करिब दुई वर्ष बितिसक्दा पनि राम्रो विश्वास नदेखाएको बताए । 

स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उनको उक्त टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वैश्विक शान्ति शिखर सम्मेलनको प्रस्ताव गरेको एक दिनपछि आएको हो । प्रस्तावमा जेलेन्स्कीले कुनै पनि सम्झौताका लागि रुसले युक्रेनी क्षेत्र छाड्नुपर्ने उल्लेख गरे । 

“मलाई यस्तो हुन्छ जस्तो लाग्दैन”, युद्धविरामको सम्भावनाका बारेमा ब्लिङ्केनले भने, “हामी सधैँ युद्धविरामका लागि खुला छौँ, युद्धविरामप्रति सचेत छौँ किनकी कसैले भन्दा धेरै युक्रेनी जनता यही चाहन्छन् तर त्यहाँ रुसको आक्रामकताले दिएको क्षेत्रीय अखण्डता, सम्प्रभुता र स्वतन्त्रता जस्ता चुनौतीका लागि रुसका तर्फबाट आधारभूत सिद्धान्तका आधारमा राम्रो विश्वासका साथ छलफल गर्ने इच्छा हुनुपर्छ ।”

“यदि रुस उक्त आधारमा वार्ता गर्नका लागि तयार हुन्छ भने उसले त्यसो गर्न चाहने युक्रेनीहरूलाई भेट्टाउने छ र निश्चितरूपमा अमेरिकाबाट समर्थन प्राप्त गर्नेछ”, विदेशमन्त्री ब्लिङ्केनले भने । 

युक्रेनले रुसबाट पूर्वी क्षेत्रहरूलाई फिर्ता लिनका लागि सङ्घर्ष गरिरहेको र अमेरिकी कांग्रेसले राष्ट्रपति जो बाइडेनको अनुरोधअनुसार किएभलाई थप सैन्य सहयोगलाई अनुमति दिन ढिलाइ गरिरहेकाले युद्धविरामको माग बढेको छ । 

अमेरिकाले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु हुनुभन्दा पहिला रुससँग युक्रेनमा सुरक्षा चिन्ताका रूपमा वर्णन गरेको कुराबारे उल्लेख गर्दै ब्लिङ्केनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अभिप्रायमाथि आशङ्का व्यक्त गरे । पुटिनले सो समयमा युक्रेनलाई नाटो गठबन्धनमा प्रवेशलाई लिएर चेतावनी दिएका थिए । 

“तपाईंले मलाई विश्वास गर्नुपर्ने आवश्यकता छैन, मात्र राष्ट्रपति पुटिनले के भने त्यो पढ्नुहोस्, यो वास्तवमा त्यसको बारेमा कहिल्यै थिएन, यो सधैँ पुनः एउटा विशाल रुसलाई स्थापा गर्ने भव्य दृष्टिकोणका बारेमा थियो”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending