Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

एनआरएनएद्वरा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

खबरडबली संवाददाता

विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा आज एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले   सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो ।  

७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण  गरेका हुन् ।

ब्लड बस हस्तान्तरणमा  कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउदै  समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न  गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न प्रस्ताव गरे ।

गैरआवासीय नेपाली संघले देशमा अफट्यारो  परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरुबीच एकतामा हुनुपर्ने र  युरोप, अमेरिकामा बस्ने नेपालीहरु र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताए । विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीहरुको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो । उनले कोशी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेमराज शर्माले  स्थापनाकालदेखि संघले १ अर्ब भन्दा बढीको परोपकारी कामको गरेको जनाकारी दिए । उनले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताए ।

उनले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा  भित्र्याउन  सक्रिय रहेको बताए । डा. शर्माले गैरआवासीय नेपाली संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरुको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्धालाई पिल्लरको रुपमा लिएर सोही दिसामा काम गर्दै आएको बताए ।

यसैगरि कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपाली संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा पूर्व सांसद मीना सुब्बा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरपालिकाका नगर उपप्रमुख हर्कराज राई, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाईटीका उपमहामन्त्री मनोजकुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरु, सल्लाहकारहरु अभियन्ताज्यूहरु,  प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधि, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा सुरक्षा निकायका प्रमुखको   उपस्थिति थियो ।

गैरआवासीय  नेपाली संघले बाँकी लुम्बिनी र  मधेश प्रदेशमा समेत मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending