काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए । उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए । उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने (सङ्खुवासभा) रामअवतार यादव (सिराहा) केशवराज पाण्डे (नुवाकोट), विनोद शाह (दैलेख), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा)लाई शपथ ग्रहण गराए ।
त्यस अवसरमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतको उपस्थिति थियो । गत पुस २० गते बसेको सचिवालय बैठकले उनिहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: