Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

खोटाङको विकासका लागि अरूण चाम्लिङले लेखे विशाल भट्टराईलाई खुला पत्र

खबरडबली संवाददाता

प्रिय  कामरेड विशाल भट्टराई नमस्कार, 

हुन त तपाइहरुको लाइन नै यस्तै होला तर पनि यत्तिले मात्रै चित्त बुझाउन सकिन र केहीे प्रश्न गर्दै केही आफ्नो मनमा लागेको कुराहरु लेख्दैछु अपेक्षा छ मनन गरि समय र शब्द भएमा जवाफ समेत दिनुहुनेछ ।

सर्बप्रथम त तपाइहरुलाई सबै थाहा छ अहिले खोटाङ्गको प्रतिनिधि सभा सदस्यको गतिबिधी उहाँले के के गर्दै हुनुहुन्छ ? कता कता पहल छलफल भइरहेको छ ? तर, पनि किन बुझ पचाउनु हुन्छ सस्तो लोकपृयता र फण्डाको लागि ?  लाज लाग्दैन ?  तपाईहरुमा पोलिटिकल इथिक्स भन्ने चिज सकिएकै हो ?

हैन भने माननियको संसद बैठकको गतिविधी, गाउँ घरको गतिविधी, विकासे कार्यालयहरुको दौडधुप, निर्माण व्यावसायिहरु सँगको छलफल दवाब सबै कुरा सचिवालयदेखी अपडेट गराइएकै छ । तर तपाईहरु खोटाङ्गको प्रतिनिधि सभा सदस्य माननीय राम कुमार राईलाई खोजिरहेको जस्तो नाटक किन गर्नु हुन्छ ?

पुर्व माननीय विशाल भट्टराईले आफ्नो कार्यकालमा के के गर्नु भो ? लिष्ट बनाउनु सक्नु हुन्छ ? हैन भने आफु गफ  र फण्डा भन्दा बढी केही नगर्ने अनि अरुले गरेको काम पनि गरेन भनेर जनता झुक्याउने । यो पुरानो तुरुप किन प्रयोग गर्नु हुन्छ ? अब यो एक्स्पायर भैसक्यो यसले काम गर्दैन झुटको खेती अब खोटाङ्गमा फाप्दैन हेक्का रहोस है ।

दोस्रो कुरा तपाइहरुकै भाषामा भन्दा जनताको पार्टी एमालेबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधीहरु के के गर्दै हुनुहुन्छ ? उहाँहरुको जिवनशैली, आर्थिक अपारदर्शिता, नैतिकता, अनुसाशनको बारेमा कहिले तपाईहरुको बैठकमा छलफल हुन्छ ? 

थप अर्को कुरा तपाइहरुकै पार्टिका नेता कार्यकर्ता, तपाइको पार्टी सम्बद्ध ठेकेदार नेताहरुको बारेमा कहिले केही छलफल हुन्छ त्यहाँ ? सुरुमा आफू क्लियर हुनुस, आफ्नो  बिगतको कदम कता कता चल्यो ? अहिले कता कता चल्दै छ र अब कता चल्न खोज्दैछ त्यो एक पटक मौन बसेर हेर्नुस त ।

हो तपाइहरुले खोजेको ठाउँमा माननीय राम कुमार राई पासाङ्ग नभेटिन सक्नु हुन्छ किन कि उहाँको उठ बस र घाँटि तस्कर, सुदखोर, दुराचारी सङ्ग जोडिएको  छैन, जोडिने छैन र जोडिन दिइने छैन त्यहाँ त केवल भेटिने छ ‘सै पनि एमाले मै पनि एमाले ।’

र अन्तमा दश वर्षमा नभएको काम दुई दिनमा हुदैन भन्ने कुरा तपाईँहरुलाई थाहा नै होला छैन भने अब थाहा होस, मध्य पहाडी, सगरमाथा, पुल, हाइड्रो बनाउन माननीय राम कुमार राई एबकबलन च्बष्  लाग्नु नै हुनेछ यताको पिर नगरी दिप्रुङ्ग र ऐसेलुखर्कमा भएको बेतिथीलाई न्युनिकरण गर्न तिर लाग्नुस हैन भने तपाईँहरु पनि त्यो कर्ममा सरिक हुनुहुन्छ भनेर बुझिने छ र बेतिथिको लिष्ट त सामाजिक सन्जालमा नै छ त्यतिले नपुगे सम्पर्क गर्नुस  है । 

‘खोटाङ्गको बिकाशमा अत्ति बिलम्ब भो, अब अन्याय सहिन्न यसको बिरुद्ध लडिन्छ, दुधकोशी के भो ? सगरमाथा के भो? मध्य पहाडी के भो ? पुल के भो ?’ भनेर सामाजिक सन्जालमा रोइलो मच्याउन भन्दा दिप्रुङ्ग र ऐसेलुखर्कमा भएको बेतिथीलाई न्युनिकरण गर्न तिर लाग्न उचित होला । आगे तपाइहरुको जिम्मा ।

अरूण चाम्लिङ, खाेटाङ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending