Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

ग्यास कालोबजारी रोक्न मन्त्रालयको कडाइ, सिधै उजुरी गर्न उपभोक्तालाई आग्रह

खबरडबली संवाददाता

काठमाडौं । देशभर एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला सरकारले कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा ग्यास वितरणमा अनियमितता देखिए सिधै उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले जारी गरेको सूचनाअनुसार बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, तोकिएको मूल्यभन्दा बढी रकम असुलिएको वा आपूर्तिमा कुनै समस्या देखिए उपभोक्ताले मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरेर जानकारी गराउन सक्नेछन्।

मन्त्रालयले प्राप्त हुने हरेक गुनासोलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक कारबाही तथा समस्या समाधानका लागि तत्काल पहल गरिने जनाएको छ।

करिब २० दिनदेखि ग्यास आपूर्ति सहज हुन नसक्दा विभिन्न स्थानका डिपोमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। धेरै उपभोक्ता घण्टौं पालो कुर्दासमेत रित्तो सिलिन्डर बोकेर फर्किन बाध्य भएको गुनासो बढिरहेको छ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास बिक्री गरिरहेको गुनासो बढेपछि मन्त्रालयले उपभोक्तासँग प्रत्यक्ष सूचना संकलन गर्ने व्यवस्था मिलाएको हो। मन्त्रालयले ग्यास वितरणमा अनियमितता गर्ने व्यक्ति वा संस्थाविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय सेनाध्यक्ष सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आउने कार्य...

‘इन्टर्न चिकित्सक कर्मचारी होइनन्, विद्यार्थी हुन् ’

काठमाडौँ। निजी मेडिकल तथा डेन्टल कलेजले एमबिबिएस तथा बिडिएस अध्ययनरत इन्टर्न चिकित्सक कर्मचारी नभई विश्वविद्यालयको शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत ...

मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका । बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट मिडियासँग गरेको प्रत्यक्ष संवादप्रति कडा आपत्ति जनाएको छ। ...

ग्यास कालोबजारी रोक्न मन्त्रालयको कडाइ, सिधै उजुरी गर्न उपभोक्तालाई आग्रह

काठमाडौं । देशभर एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला सरकारले कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाएको छ। उद्योग, व...

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थि...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्र...

एक महिनामा प्रतिनिधि सभाका १० बैठक, यस्तो छ भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका

काठमाडौं। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आगा...

मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार

लेखनाथ । कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्...

ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललि...

सेनाको नयाँ तलबमान, कुन दर्जाका सैनिकले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौँ । सरकारले नेपाली सेनाका सबै दर्जाका सैनिकका लागि नयाँ तलबमान लागू गर्दै साउन १ गतेदेखि १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending