काठमाडौं । देशभर साेमबार सवारी दुर्घटनामा परी पाँचजनाकाे मृत्यु भएकाे छ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हाे ।
नेपाल प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-८ सेउती पुल नजिक सडकमा प्र.१-०२-००२ च ४१६० नम्बरको कार आफैँ अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा कार चालक इटहरी उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको छ ।
यता सुनसरीकै भोक्राहानर्सिङ गाउँपालिका-४ चिरौली चोकमा बा.६६ प ४१९२ नम्बर र प्रदेश १-०२-०५ प ३४३२ नम्बरको २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा प्रदेश १-०२-०५ प ३४३२ नम्बरको मोटरसाइकल चालक भोक्राहनर्सिङ गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.६६ प ४१९२ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ लामोसाँघुस्थित सडकमा रोकी राखेको बा.प्र.०१-००४ क ०११६ नम्बरको टिपरमा प्र.३ -०२ ०१२ प ३७३७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक भारत सितामडी घर भएका २२ वर्षीय अर्जुन कुमारको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई सिन्धुसदावहार अस्पताल खाडिचौर हुँदै थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपरा चोकमा लु.१ ज ४८२८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीया सुमित्रा देबी कार्कीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता स्याङजाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित सडकमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग.१ ख ४१५० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय अजित बोटेको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: