काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उनले सेनाको योगदान र पेशागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिनुभएको उनको सचिवालयले जनाएको छ ।
“सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आउनुभएको छ । आफ्नो कार्य सम्पादनका क्रममा नेपाली सेनाले भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ”, रक्षामन्त्री खड्काले भने, “ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन हुनेछन ।”
उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रकृया अगाडि बढाइएको जानकारी गराए । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रुपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभइ विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र सङ्घको झण्डा मुनी रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै रक्षामन्त्री समेत रहनुभएका खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्तिदूतका रुपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधै उच्च प्रशंसा हुने गरेको बताए ।
यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको गहन जिम्मेवारी पूरा गर्ने प्रमुख आधारशिला नै नेपाली सेनाको व्यावसायिक दक्षता रहेको र यसै कारणले नै शान्ति सैनिकका रूपमा नेपाली सेनालाई संयुक्त राष्ट्र सङ्घले प्राथमिकता दिने गरेको चर्चा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: