काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठुलो योगदान गरेकाे बताएका हुन् ।
उनले भने -‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन् ।’ आफ्नो कारणले मात्र होइन कहिलेकाहीँ परिवारका सदस्यको कारणले पनि महिलाले राज्यबाट धेरै यातना खेप्नु परेको ओलीले बताए । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ । ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपा महिला संघ (अनेमसंघ) को असाधारण भूमिका रहेको बताए ।
अनेमसंघ गठन हुनु अघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गर्नुभएको उनले स्मरण गरे । २००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा पर्नुभएको उनले स्मरण गरे । त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको ओलीले बताए । नेपालको राजनीतिक आन्दोलन जहाँ पुगेको छ, सो आन्दोलनलाई त्यहाँसम्म पुर्याउन महिलाको असाधारण योगदान रहेको ओलीले बताए ।
नेकपा एमालेलाई पनि आजको अवस्थामा पुर्याउन महिलाको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको उहाँले प्रष्ट पारेका छन् । आज हिजोको जस्तो नभएर महिलालाई सचेत गराउने र महिला आन्दोलनलाई संगठित ढङ्गले अगाडि बढाउने संगठित संस्थाको रूपमा अनेमसंघ रहेको ओलीले बताए ।
‘विभिन्न समयमा पार्टीमा परेको संकटमा महिलाहरूको भूमिका सबैभन्दा प्रभाकारी छ’, उनले भने। नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनले स्मरण गरे ।
कतिपय पुरुषलाई के होला के होला भनेर धर्मर धर्मर भएको बेलमा पनि महिला नेता कार्यकर्तामा स्पष्टता र आत्मविश्वास रहेको आफूले पाएको ओलीले सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: