Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

माेरङमा माग बढेपछि कफी खेतीप्रति आकर्षण बढ्दै

खबरडबली संवाददाता
मोरङ । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन् । पछिल्लो समय यहाँका तीन पालिकामा एकसय ५० हेक्टर जमिनमा कफी लगाइएको छ । 
 
उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो । मिक्लाजुङमा एक सय दश हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा पाँच हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 
कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएका त्यहाँका प्रमुख रामदेव सिंहले बताए । उनले भने, “किसानले  उत्साहित भएर कफी खेतीमा लागेका र उनीहरूलाई  कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ ।” 
 
लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि नजिकै रहेको साग्मा माविको जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गरेका थिए । छँदा खाँदैको जागिर छाडेर खेतीमा लाग्दा सबै छक्क परेको सम्झदै उनले भने, “हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पुर्‍याउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।” 
 
प्रतिरोपनी वार्षिक रु एक लाख आम्दानी हुने उनको जिकिर थियो । “पाँच वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ । “कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गरेको छु”, कृषक राईले भने, “काठमाडाैं, पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पुर्‍याउन सकिएको छैन ।”
 
नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट रु ९० प्रतिकिलो र प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु पाँच सय ५० सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले होटलमा जाने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।  
 
कृषक राईले जस्तै राजविक्रम राई र मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यवसायीकरूपले कफी खेती गरेका छन् । यसप्रति आफूहरु पूर्ण सन्तुष्टि रहेको राजविक्रमले बताए । 
 
गत वर्षभन्दा यसपटक कफी अझ फस्टाएको उनको भनाइ थियो । “कफीबाट आर्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ”, उनले भने, “हामी मकै, कोदो र गहुँखेती छाडेर कफी खेतीमा लाग्यौँ । आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषिभन्दा आधुनिक कृषि बढी लाभदायी हुन्छ ।” नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । मुख्यतः अरेविका जातको कफीले राम्रोे उत्पादन दिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE