बाँके । बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताएको हो ।
नेपालगञ्जमा यातायात कार्यालय हुँदा समय र दूरीका कारण जनतालाई मर्का परेको जनाउँदै उनले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताए । “नेपालगञ्जमा यातायात कार्यालय भए पनि कोहलपुरमा चालक अनुमतिपत्रको एउटा शाखा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल सुरु भइसकेको छ”, उनले भने, “कोहलपुरमा यातायातको एउटा शाखा जनताको आवश्यकता भएको हुनाले यहाँ एउटा शाखा स्थापना हुन्छ, त्यसका लागि नगरपालिकाले ठाउँको व्यवस्थापन गर्ने तयारी गर्दा हुन्छ ।”
कोहलपुर नगरपालिकाले निर्माण गरेको दृश्यावलोकन स्तम्भ र नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापनका विषयमा सर्वपक्षीयरुपमा गरिएको सुझाव सङ्कलन कार्यक्रममा मन्त्री केसीले भौतिक संरचना निर्माण गर्दा दीर्घकालीन योजनाका साथ बनाउनुपर्ने उल्लेख गर्दै संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए।
उनले भने, “संरचना बन्नु आफैँमा नराम्रो होइन, तर कालान्तरमा त्यसको प्रतिफल कस्तो रहन्छ भन्ने कुरामा विचार गरेर मात्र यस्ता संरचनाको निर्माण गरिनुपर्छ ।” कोहलपुरमा अत्याधुनिक बसपार्क र दृश्यावलोकन स्तम्भको संरचना तयार भइसकेकाले त्यसलाई सञ्चालनमा ल्याउन सबैको भूमिका महत्पूर्ण रहने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: