Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित स्ट्रिट फुड फेस्टिभलको तयारी पुरा

खबरडबली संवाददाता

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ ।  महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले यहीँ पुस १२ गतेदेखि पुस १६ गतेसम्म ४ दिन सडक महोत्सव हुने जानकारी दिएको हो। 

महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक महोत्सवलाई आफूहरुले विशेष बनाउन  सोही अनुसारको विशेष तयारी आफूहरुले गरेको जानकारी दिइएकाे छ  । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सव पोखराको लेक साइडसम्मको करिब ३ किमी क्षेत्रमा आयोजना हुनेछ ।

रेवान अध्यक्षले महोत्सवको तयारी सकिएको र पोखरा पर्यटकहरुलाई स्वागत गर्न तयार भएर बसेको बताए । '२५ वर्ष पहिले हाम्रा अग्रजहरुले पोखरालाई मुख्य पर्यटकीय मौसममा मात्र नभई सालैभर घूमघामको गन्त्बय बनाउनुपर्छ भनेर यसको सुरुवात गर्नुभएको थियो। आज यो देशकै सबैभन्दा ठूलो सडक महोत्सव बनेको छ। यो रजत वर्ष अझ विशेष बनाउनेछौं', रेवान अध्यक्ष भट्टराईले भने ।

महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, बेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृर्ष, वनस्पति लगायतका कृर्षि उपजहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

लेक साइडको तीन किलोमिटर लामो सडक क्षेत्रमा हुने गतिविधी सबैका लागि नि:शुल्क हो भने सांगीतक कार्यक्रम हुने कोमा जाने पार्क प्रवेशका लागि भने टिकट काट्नु पर्नेछ।आयोजकले यसपटक स्टेज शोका लागि खल्ती एप बाट अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ। यस्तै विदेशी कार्डहरुबाट आफन्त तथा साथीभाइका लागिसमेत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जानकारी आयोजकले दिएका छन्। खल्टीले अनलाइनबाट टिकटको बिक्री सुरु गरिसकेको छ।

महोत्सवको २५ औं वर्ष भएकाले यसपटक हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य प्रस्तुत गरिनेछ। 

यस्तै, ५ दिनसम्म राष्ट्रिय स्तरका चर्चित कलाकारहरु आउने यो महोत्सवलाई रीमा विश्वकर्माले होस्ट गर्नेछिन्। महोत्सवको न्यू इयर इभमा र्‍यापर लाउरे र  द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको धमाकेदार प्रस्तुति रहनेछ। 

त्यसैगरी डिसेम्बर २९ तारिखमा 'ओ अमिरा' तथा 'मनमगन' फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन् । लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका ब्यान्डको प्रस्तुति महोत्सवमा हुनेछ । उनीहरुका अलावा कार्यक्रममा लोकप्रिय गायिका प्रीति आले, पशुपति शर्मा, बद्री पँगेनीको साथमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल एवम जीवन दाहालको साथमा १० बढी स्थानीय ब्यान्डहरुले आफ्नो सांगीतिक प्रस्तुतिले दर्शक झुमाउने आयोजकले जानकारी दिएका छन् ।

यसैगरी मेलामा बालबालिकाहरूका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरूले सडक महोत्सवको अवधारणा अनुरूप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याएर सजावटका साथ व्यवसाय प्रवर्द्धन गर्नेछन् ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले यस्ता महोत्सबले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत आकर्षित हुने र पर्यटन प्रवर्द्धन हुने बताए । रेवानले कार्यक्रमको सुरक्षा व्यवस्थाका लागि सबै निकायसँग समन्वय गरिएकाले कुनै समस्या नहुने र होटेलहरुले नियमित समयमा लिदैं आएको भन्दा बढी रेट लिएमा कारवाही गर्ने जानकारीसमेत कार्यक्रममा दिएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending