Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

मुटुको प्वाल टाल्ने प्रविधीले विरामीलाई सहजता, नोवेलमा बड्यो यस्ता विरामीको चाप

खबरडबली संवाददाता

विराटनगर। लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो ।

करिव डेढ बर्ष अगाडी शौचालय जाने क्रममा एक्कासी लडेका उनको परिवारले केही होइन होला भनी त्यति गंभिरता पुर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरी बेहोसीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङ्गमा नै जाँच गराउदा मुटुमा प्वाल परेको थाहा भएको विरामीकी आमाले बताइन् ।

उनको भनाई अनुसार लेटाङ्गका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुईटेलले रोग पत्ता लगाई नोवेलमा थप उपचारका लागि पठाएका थिए । नोवेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ । मुटुको प्वाल टालिए पछि विरामी र विरामीको आमाले चिकित्सकलाई धन्यवाद दिदै अस्पताल सेवा प्रति खुशी व्यक्त गरे । त्यस्तै  राजविराजका २६ बर्षिय मञ्जु देवी पंण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ ।

थकाई लाग्ने, हिँडदा स्याँ स्याँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोवेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठूलो रहेको पाईएकोले ३४ एम. एम. को ए. एस. डी. डिभाइस राखिएको थियो ।
 
डा. राजेश नेपालको भनाई अनुसार यो ए. एस. डी. भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरुले यसलाई पहिला थाहा पाउदैनन्, पछिमात्र थाहा पाउछन् । किन भने लक्षण पछिमात्र देखा पर्न थाल्छ या अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए. एस. डी. डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ ।

मुटु जाँचको क्रममा टी. ई. ई. भन्ने परीक्षण गरे पश्चात भोको रहेको ६ घण्टा पछि क्याथ ल्यावमा यो प्रकृया गर्ने गरिन्छ । १५ देखि २० मिनटमा हुने यो प्रकृया सकिएको २ — ३ घण्टा पछि खाना खान मिल्ने हुन्छ । मुटुको प्वाल टालेको एक दिन पछि विरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ ।

नोवेलमा यो प्रविधीबाट मुटुको प्वाल टाल्ने विरामीको संख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सवै प्रकारका मुटुका समस्याहरुको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलव्ध हुने भएकोले विरामीलाई नोवेल आई उपचार गर्न सहज भएको महाप्रवन्धक दिपेश राईले जानकारी दिए ।  

मुटु रोग, फोक्सो रोग, न्यूरो सर्जरी, न्यूरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, अन्कोलोजी, इण्डोक्राइनोलोजी, हेपाटोलोजी, यूरो सर्जरी, ल्यापारोस्कोपिक सर्जरी, आई. भि. एफ., हेपाटो सर्जरी, बाथ रोग लगायतका विशिष्ट सेवाहरु सहितको एकै छाना मुनी सवै सेवा उपलव्ध भएकोले नोवेलमा पूर्वी नेपालका र भारतीय विरामीहरुको चाप उच्च हुने गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending