काठमाडौं । भारतले विस्फोटक पदार्थको आपूर्ति रोक्दा काठमाडौं–तराई द्रुतमार्ग निर्माण ५ महिना पूर्ण रुपमा प्रभावित भएको छ ।
बुधबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सैनिक मुख्यलयको तर्फबाट प्रधान सेनापति प्रभुराम शर्माले प्रस्तुत गरेको आयोजनाको प्रगतिबारेको प्रस्तुतिमा सो विषय उल्लेख गरिएको हो ।
जंगी अड्डाको प्रतिवेदनमा ‘छिमेकी मित्रराष्ट्र भारतबाट बिस्फोटक पदार्थको आयात हुन नसक्दा ५ महिना द्रुतमार्ग निर्माणको काम पूर्णरुपमा प्रभावित भयो,’ भनिएको छ । २०७९ भदौदेखि माघसम्म भारतले विस्फोटक पदार्थका आपूर्ति रोकेको प्रधान सेनापति प्रभुराम शर्माले बताए । भारतको अवरोधका कारण विस्फोटक पदार्थ आपूर्तिको विकल्प खोज्ने प्रक्रियामै थप ५ महिना बितेको पनि उनले दाबी गरे ।
२०७९ माघदेखि सहज रुपमा विस्फोट पदार्थ आपूर्तिका लागि पहल गर्दा २५ असार २०८० मा मात्रै चीनबाट विस्फोटक पदार्थको आपूर्ति गर्ने अवस्था बनेको नेपाली सेनाले जनाएको छ । हाल चीनतर्फबाट विस्फोटक पदार्थको सहज आपूर्ति भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
विस्फोटक पदार्थ आयात रोकिएको ५ महिना र वैकल्पिक रुपमा विस्फोटक पदार्थ आपूर्तिको सहजीकरण प्रयासको थप झण्डै ६ महिना गरेर ११ महिना द्रुतमार्गको काम प्रभावित बनेको नेपाली सेनाको भनाइ छ । जसमा ५ महिना भने पूर्ण रुपमै परियोजना प्रभावित भएको सैनिक मुख्यालयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: