Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

करोडौँको लगानी भएको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र

साँढेको जुधाइ बाछाको मिचाइ हुँदा असली किसान मारमा

खबरडबली संवाददाता

दोलखा  । दोलखाको सैलुङ गाउँपालिका–८ मा करोडौँ लगानी भएको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र भएको छ ।करिब डेढ दशक अघि सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्चेको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन नसकेको हो । 

२०६५ सालदेखि निर्माण सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्च भएको यो योजना सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका स्थानीय बताउँछन् ।  तीन हजार पाँचसय बढी किसानहरू लाभान्वित हुने यो योजना यति लामो समयमा पनि सम्पन्न हुन नसक्नु सारै दुःखको कुरा रहेको  स्थानय मोहनसिंह तामाङले बताए ।  के कारणले लम्बिएको भन्ने विषयमा किसानलाई केही थाहा नभएको उनको भनाइ छ । 

सिँचाइ आएपछि खेतीपाती गरेर लाभान्वित हुन्छौँ भनेर पलाएको आशा मुर्झाएको स्थानीयको भनाइ छ । लोकतन्त्र गणतन्त्रमा त सबैले थाहा पाउनु पर्ने कुराहरु केही थाहा नभएको र पारदर्शी हुनुपर्ने कुरा अपारदर्शी भएकै कारण जनतालाई भ्रममा तामाङले बताए। 

कागजी कामले सम्पन्न भए तापनि सानो गल्तीले यो योजना सञ्चालन हुन नसकेको हो । केही उपभोक्ताले प्राविधिकलाई समेत बाध्यमा पारेर पाइप गाड्नै नसकिने पहरोबाट पाइप लगिँदा अहिले पानीको भार थेग्न नसकेर पाइप झोलिएर पानी जान नसक्ने भएपछि  निर्माण सुरु भएको १५ वर्षपछि केही तलबाट पक्की पिलरबाट पानी लान काम सुरु भएको छ  । 

अरू सबै काम सम्पन्न भई पाइप फिटिङ भइसकेको हो । चुचे पहरोको पाइप अहिले श्राप सावित भएपछि पक्की पिलरको विधि अपनाउनु परेको हो । गाउँको रडाकोले उपभोक्ता समिति निर्माण गर्ने काम असार महिनामा मात्र हुन सकेको उपभोक्ता समिति अध्यक्ष विजय तामाङले बताए । असार महिनामा बजेट २५ लाखमध्ये सात लाख रुपैयाँको मात्र काम भएको र बाँकी बजेट फिर्ता गएर काम अधुरै रहेको अध्यक्ष तामाङले बताए । 

योजनामा १८ फुट अग्ला नौ वटा पिलर निर्माण गरी पाइप पनि जडान गरिएको छ । अब नौ वटा पिलर निर्माण गरेपछि काम सम्पन्न हुने तामाङले बताए । पानी पनि सञ्चालन हुनका लागि र काम सक्नका लागि अब करिब ३२ लाख रुपैयाँ लाग्ने भए पनि बजेट नआए पुनः काम रोकिने सम्भावना टड्कारो रहेको उनले बताए । 

सम्झौताअनुसार ठेकेदारको काम सकिएको छ । पुरानो उपभोक्ता समितिको पाइप लाइन खन्ने पुर्ने काम पनि सकिएको छ । सानो प्राविधिक समस्याले सञ्चालनमा आउन नसक्दा योजना अल्झेर बसेको हो । 

चुचे पहरोको सानो कारण तर ठुलो समस्या उत्पन्न हुने हुँदा सरकारको लगानीको सदुपयोग नहुँदा अहिलेसम्म किसानले सिँचाइ गर्न नपाएका हुन् । यो योजनामा पहिले देखि नै भत्कोस लागेको छ । गत २०६५ सालतिर योजना छनौट भई सर्वे भएर १० लाख रुपियाँ आयो । यसको पाइप किनियो । काम नभएको भनी अख्तियारमा उजुरी पर्यो ।आएको रकमको पाइप खरिद भएकाले योजना सम्पन्न भनेर कार्यालयले लेखिदियो । भनसुन र धेरै लडभिडपछि मात्र पुनः योजना सुरु भएको बताइन्छ । 

जिल्ला स्थितको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकारअनुसार यो योजना गत २०७३ सालमा पुनः सुरु भएको हो । एक वर्षमा सम्पन्न हुनुपर्ने ,योजना २०७४, ०७५, ०७७ गरी तीन पटक म्याद थपिएको छ । समय लम्बिँदै जाँदा योजनामा निर्माण भएको झोलुङगेपुल बिग्रनुका साथै ठाउँ ठाउँमा पाइप छुटिएका छन् । 

भएका कामको मूल्याङ्कन गर्दै सम्झौता भएको एक करोड २३ लाख १८ हजार २५१ मध्ये  एक करोड २० लाख २३२ रुपियाँ ठेकेदारले भुक्तानी पाइसकेको छ । साँढेको जुधाइ बाछाको मिचाइ हुँदा असली किसान मारमा परेका छन् । सरकारी लगानी बालुवामा पानी हाले झैँ भएको देखिन्छ । 

गत आर्थिक वर्षमा २५ लाख रुपियाँ बजेटले चुचे पहराको तलबाट पाइप लगेर आयोजना सञ्चालन गर्न लागिएकोमा उपभोक्ता समिति बन्न समय लागेर काम हुन नसकेको भरखरै कार्यालय प्रमुख भएका रुपेश महतले बताए । 

यो वर्ष बजेट नपरेको र योजना जे जस्तो परिस्थितिबाट गुज्रेको भए पनि अर्का वर्षको बजेटबाट  सम्पन्न तथा सञ्चालनमा आउने उनले बताए । अब भने यो योजना सञ्चालनमा आउने उनको दाबी छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending