संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदवारिमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ सङ्खुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आज सदरमुकाम खाँदवारिमा पत्रकार सम्मेलन गर्दै जिल्ला भलिबल संघ संखुवासभाले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो । मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए। खेलकुदका माध्यमबाट आर्थिक समृद्धि र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले बताए ।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ,द्वितीय हुने टिमले नगद एक लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद ५० हजार रुपैयाँ र चौथो हुने टिमले नगद ३० हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै गरी उत्कृष्ट ५ विधालाई नगद ५० हजार र सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन राष्ट्रिय भलिबल संघका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठलाई खेल संयोजक बनाइएको आयोजकले जनाएको छ ।
संखुवासभा जिल्लामा पहिलो पटक मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । भलिबल प्रतियोगितामा करिब नगद ५० लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: