चितवन । जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।
त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले विश्वभरका साहसिक जलयात्र पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको त्रिशूली नदी र्याफ्टिङ लागि उत्कृष्ट केन्द्र रहेको यस क्षेत्रमा हाइड्रोपावर निर्माणले र्याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने जानकारी दिए। जलयात्रा व्यवसायी तथा श्रमिकले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेको उनको भनाइ छ ।
संयोजक आलेले भने, “त्रिशूली नदी विश्वभरका साहसिक जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ, जलयात्रा व्यवसायी र श्रमिकहरूले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेका छन् ।” तीन हजारभन्दा धेरै श्रमिकको रोजगारी गुम्ने खतरा रहेको उनको भनाइ छ ।
त्रिशूली बचाउ अभियानले शनिबार चितवनको इच्छाकामना–३ फिस्लिङबाट गोरखाको गण्डकी–१ बुट्टटारस्थित हाइड्रो पावरको ड्यामसम्म र्याफ्टिङ र राजमार्गमा र्यालीसमेत निकालेको थियो । वातावरणिय प्रभाव मूल्याङ्कनले समेत सो क्षेत्रमा हाइड्रोपावर निर्माण गर्दा वातावरण र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखाएको भन्दै उक्त कार्य रोक्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।
कार्यक्रममा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा)का अध्यक्ष शिव अधिकारीले हाइड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने बताए । यस त्रिशूली नदीलाई साहसिक जलयात्राको विश्वविद्यालयका रूपमा लिएको बताए । यहाँ र्याफ्टिङको तालिम लिएर विश्वरभर जुनसकै देशमा गएर पनि नेपालीहरूले काम गर्न सक्ने उनको भनाइ छ ।
नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र व्यवसायीको लगानी डुब्ने जलयात्रा पर्यटन व्यवसायीको भनाइ छ । त्रिशूली सरकारले र्याफ्टि¬ङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: