काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दाबी गरेका छन् । राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन टुटाउनका लागि सरकारलाई कम्जोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दाबी गरे । उनले भने,‘यो गठबन्धन बनेदेखि नै तपाईँ हामीलाई थाहा छ, एकथरी मानिसहरु गठबन्धन टुटाउन, सरकारलाई कमजोर बनाउन कसरत भए तर यहाँ सम्म आउदा म के अनुभुत गर्छु भने गठबन्धन अझ सुदृढ भएको छ । कसैले हल्लाएर हल्लिने स्थितिमा गठबन्धन छैन । मलाई विश्वास छ पाँचै वर्ष यो गठबन्धन जान्छ । एक वर्ष भयो चारै वर्ष यो गठबन्धन जान्छ ।’
एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे । उनले भने,‘मैले केहि महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमण गरेँ । भारतदेखि सुरु भएको इटाली हुँदै अमेरिका र चीनसम्मका भ्रमणबाट एकथरी मानिसहरुलाई लागेको थियो सायद माओवादी नेतृत्वमा, प्रचण्डको नेतृत्वमा हुने यी विदेश भ्रमण कहीँ न कहँ सरकार नराम्रोसँग चिप्लिन्छ र त्यही मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखेका थिए । तर ती सपनाहरु चकनाचुर भए ।’
उनले आगामी जनवरी पहिलो तारिखमा नेपाल–भारत सम्बन्धको बारेनयाँ घोषणा गर्ने उद्घोष गरे । उक्त घोषणाले पञ्चेश्वरदेखि रेलवेर अन्य विषयमा नयाँ प्रक्रिया सुरु गर्ने विश्वास उनले व्यक्त गरे । उनले भने,‘हामीले अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिष्ठा इतिहासमा अहिलेसम्म नभएको ठाउँमा पु¥याएका छांै । जनवरी पहिलो तारिखमा हामी केही घोषणा नेपालबाट गर्दै छौं । त्यसले पञ्चेश्वर, रेलवेदेखि अन्य विषयमा एउटा नयाँ प्रक्रिया सुरु गर्छ ।’
अर्को वर्ष अझ जोड दिएर ठूला विकास परियोजना र भ्रष्टाचारका मुद्दाहरु अगाडि लैजाने ढंगले तयारी गरिएकोउनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: