काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दाबी गरेका छन् । राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन टुटाउनका लागि सरकारलाई कम्जोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दाबी गरे । उनले भने,‘यो गठबन्धन बनेदेखि नै तपाईँ हामीलाई थाहा छ, एकथरी मानिसहरु गठबन्धन टुटाउन, सरकारलाई कमजोर बनाउन कसरत भए तर यहाँ सम्म आउदा म के अनुभुत गर्छु भने गठबन्धन अझ सुदृढ भएको छ । कसैले हल्लाएर हल्लिने स्थितिमा गठबन्धन छैन । मलाई विश्वास छ पाँचै वर्ष यो गठबन्धन जान्छ । एक वर्ष भयो चारै वर्ष यो गठबन्धन जान्छ ।’
एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे । उनले भने,‘मैले केहि महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमण गरेँ । भारतदेखि सुरु भएको इटाली हुँदै अमेरिका र चीनसम्मका भ्रमणबाट एकथरी मानिसहरुलाई लागेको थियो सायद माओवादी नेतृत्वमा, प्रचण्डको नेतृत्वमा हुने यी विदेश भ्रमण कहीँ न कहँ सरकार नराम्रोसँग चिप्लिन्छ र त्यही मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखेका थिए । तर ती सपनाहरु चकनाचुर भए ।’
उनले आगामी जनवरी पहिलो तारिखमा नेपाल–भारत सम्बन्धको बारेनयाँ घोषणा गर्ने उद्घोष गरे । उक्त घोषणाले पञ्चेश्वरदेखि रेलवेर अन्य विषयमा नयाँ प्रक्रिया सुरु गर्ने विश्वास उनले व्यक्त गरे । उनले भने,‘हामीले अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिष्ठा इतिहासमा अहिलेसम्म नभएको ठाउँमा पु¥याएका छांै । जनवरी पहिलो तारिखमा हामी केही घोषणा नेपालबाट गर्दै छौं । त्यसले पञ्चेश्वर, रेलवेदेखि अन्य विषयमा एउटा नयाँ प्रक्रिया सुरु गर्छ ।’
अर्को वर्ष अझ जोड दिएर ठूला विकास परियोजना र भ्रष्टाचारका मुद्दाहरु अगाडि लैजाने ढंगले तयारी गरिएकोउनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: