काभ्रेपलाञ्चाेक । एमाले अध्यक्ष केपी शर्माओलीले इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात रहेकेा बताएका छन् ।
झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १२ औं दिन आज बिहान एमालेको टोलीले काभ्रेको दोलालघाट पुगेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा माछा तारेकाे तस्वीर पाेष्ट गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा दोलालघाटबारे लेखेका छन्ः ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो ।
उनले दाेलालघा६ माछाका पारखीहरूकाे गन्तव्य रहेकाे भन्दै लेखेका छन्ः माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ ।’
त्यहाँ स्थानीयसँगको अन्तरक्रियापश्चात अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका थिए ।
सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो । यहाँ स्थानीय र कार्यकर्ताले एमाले शीर्ष नेतालाई माछाको सगुनबाट स्वागत गरेका थिए ।
केहीबेर स्थानीयका समस्या र सुझाव सुनेर छोटो सम्बोधन गरेपछि ओलीले माछा तारेका थिए । दोलालघाटको पर्यटनलाई अझ उजागर गरिदिएको भन्दै स्थानीयले ओली प्रति आभार व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: