Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

मन्ताभीर छलेर एमाले पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा

खबरडबली संवाददाता

सुर्खेत  ।  पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा थालेको नेकपा ( एमाले)ले जाजरकोटमा रहेको ८२ किलोमिटर सडकमा पाइला नै नटेकी रुकुम पश्चिम हुँदै यात्रा तय गरेको छ । अधिकांश समय भेरी करिडोरको यात्रा गरेर पुष्पलाल मध्यपहाडीको नाम दिई जाजरकोटमा निर्माण हुन नसकेको यस लोकमार्गको नामै नलिई यात्रा सकाएको छ ।


 १२ वर्षभन्दा लामो समय देखि छेडागाड नगरपालिका भित्र पर्ने मन्ताभिरमा पुष्पलाल मध्यपहाडी लोकमार्ग रोकिएको छ । सडक निर्माण समेत गतिलो नभएको भन्दै भारी आलोचना हुँदै आएको छ । जहाँ समस्य छ , त्यहाँ नजाने तर संमृद्धिको यात्रा नाम दिएर हुन्छ ? सर्बसाधारणको प्रश्न छ ।

भेरी करिडोरको सजिलो ठाउँमा यात्रा गरेर जाजरकोटको रिम्नामा गई भूकम्पमा सरकारले केही गर्न सकेन मात्र हेलिकोप्टर आतंक मात्र भयो भनि भाषण दिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल मध्यपहाडीको एक शव्द पनि नउठाएको सहभागीहरु बताउँछन् ।

अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकाशमान सिंहले मन्ताभिरका कारण मध्यपहाडी जोडिन सकेको छैन भन्ने कुराले एमालेको ध्यानाकर्षण भएको छ । 

यसको उठान अध्यक्ष कमरेडले सरकारले सुन्नेगरी उठाउनु हुने नै छ भन्दै टिप्पणी गरेका छन् । रोचक कुरा त के थियो भने भूकम्प पीडितका घरहरु निर्माण गरिरहेका नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा , पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठकमा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठक नै छोडेर जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार कार्यक्रम स्थलमा पुगेका थिए ।  पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखेको बेस्तडाबाट सुरु भएर जाजरकोटको कुदुमा गएर रुकुम पश्चिम जोडिने गर्दछ । लामो समय सम्म निर्माण हुन नसकेको मन्ताभीर यही खण्डमा पर्दछ ।

अध्यक्ष ओलीले जाजरकोटमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको एक मिटर पनि यात्रा नगरी भेरी करिडोरका सबै भाग यात्रा गरेर कार्यक्रम स्थल समेत भेरी करिडोरकै रिम्नामा गर्दै सरकारका आलोचना गरेका थिए । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending