Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदासमेत समातिएनन् कोइरी

श्रीमानको हत्यारा कोइरी खोज्दै थमनबहादुरकी श्रीमती छोरासहित काठमाडौंमा

खबरडबली संवाददाता

काठमाडाैं ।  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक ११ वर्ष पुगेका छन् । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको  आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट संघीय संसदमा निर्वाचित भए पनि निलम्बनमा परेका छन् ।  

निलम्बनसँगै पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगञ्जवाट थमनका छोरा र श्रीमती शोभा विक यतिबेला संघीय राजधानी काठमाडौं आएर न्यायको याचना गरिरहेका छन् । प्रमाणसहित ८  वर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई  खोज्दै श्रीमती शोभा र उनका छोरा सुबोध न्याय नपाएपछि काठमाडौं आइपुगेका हुन् ।

‘संघीय राजधानी आएपछि श्रीमानको हत्या फेला पार्न सकिन्छ र न्याय पनि पाइन्छ कि भनेर छोरालाई लिएर  काठमाडौं आइपुगेको छु,’ थमनकी श्रीमती शोभाले न्युज कारखानासँग भनिन् ।  अहिले थमनका छोरा सुबोध घरी–घरी आमालाई बुबाकाबारेमा सोध्ने गर्छन् ।  बुबाको फोटो हेर्दै टोलाउँदै गर्ने सुबोध पछिल्लो समय समाचारमा आएका बिषयवस्तुले  बालमष्तिकमा गहिरो चोट पुगेको आमा शोभा बताउँछिन् ।

२०७२ साल भदौ २५ गते  आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर हत्या भएको थियो ।  समाचारबाट यी विषयहरु थाहा पाएका सुबोधको नै आग्रहमा आमा शोभा काठमाडौं आएको बताउँछिन् । 

‘छोराले निकै कर गरेपछि न्यायको खोजीमा काठमाडौँ आइपुगेका छौँ,’ उनले भनिन्, ‘संघीय राजधानी आएपछि न्याय पाइन्छ भन्ने उद्देश्यले हारगुहार गर्न यहाँ आएका हौँ ।’  एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर मुक्कका र लात्तीले हान्दै निर्ममतापूर्वक थमनको हत्या गरेको दृश्यले श्रीमती शोभा निक्कै दुखित हुन्छिन् ।

यही घटनाका कारणले शोभाले डिप्रेसनको औषधि खानु परेको छ  । ‘मन दरो बनाउन नै सक्दिनँ । छोरालाई हेरेर मन दरो बनाउँ भन्छु  । तर, सकेको छैन,’ उनी भन्छिन् ।  अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरी पक्राउ नपर्दा शोभा मात्र होइन उनका छोरा सुबोध पनि निक्कै दुखित छन् ।

‘हुन त राज्यले छोरालाई निःशुल्क पठनपाठन गराइदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ । तर, न्यायविनाको यो सबै फिक्का बनेको छ,’ शोभाले भनिन् । मृतक थमनका दाइ प्रेमले दिएको किटानी जाहेरीपछि २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतले २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेखमा रिहा गर्ने निर्णय गरेको थियो । तर, साउन २८ मा महोत्तरी जिल्ला अदालतले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो। 

साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथि सुनुवाई गर्दै  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले  गत वर्षको मंसिरमा सम्पन्न आमचुनाव महोत्तरी १ बाट निर्वाचित भए । उनी एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचि भएका हुन् । 

७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संघीय संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदको रेकर्डमा छ ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदासमेत नसमातिएका कोइरीलाई  ६ माघ २०७९ मा गृह मन्त्रालयले  पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending