Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

काभ्रेकाे धुलीखेलमा धुमधाम भयाे अन्तरजातीय विवाह

खबरडबली संवाददाता

काभ्रे । यो मंसिर महिना विवाह हुने सिजन भएकाले धुलिखेलमा शनिबार भएको एक विवाह समारोह खासै कसैले ख्याल गरेका थिएनन् । धुलिखेल नगरपालिका–९ देवीस्थान टोलमा भएको विवाह भने अलि फरक खालको थियो।

नुवाकोट बेलकोट नगरपालिका घर भई काठमाडौं बस्ने उद्धव खतिवडा ब्यान्ड बाजासहित धुलिखेल जन्ती लिएर आएपछिको विवाह अलि फरक खालको थियो। नुवाकोटबाट आएका जन्ती हेर्न देवीस्थान टोलका अधिकांश मानिसहरू लामबद्ध थिए। पारीबाट हेर्दा पूरै गाउँ राताम्य देखिन्थ्यो । अनुमान गर्न पनि सकिन्थ्यो कि विवाह धुमधाम चल्दै छ भन्ने कुरा । बुवा श्यामबहादुर बिसंखे आमा जमुना बिसंखेको कान्छी छोरी रहेकी बेहुली लक्ष्मी बिसंखेका तीन दाजुभाइ सरोज बिसंखे, जयराम बिसंखे र राजाराम बिसंखेले शनिबार आफ्नो परिवारको कान्छी बहिनीको विवाह धुमधामसँग गरे । नुवाकोटबाट आएका जन्तीलाई बिसंखे परिवारले स्वागत गरे। 

धुलिखेलकी लक्ष्मी बिसंखे र नुवाकोटका उद्धव खतिवडाबीच दुई वर्षअघि सामाजिक सञ्जालमार्फत परिचित भएको बेहुलाकी दाजु सरोजले जानकारी दिए। ‘दुलाहा वैदेशिक रोजगारीमा पोर्चुगलमा हुनुहुन्थ्यो विवाहकै लागि नेपाल आउनुभएको हो,’ सरोजले भने। दुलाहा नेपाल आएपछि विवाह सट्याकसुटुकभन्दा पनि दुवै पक्षको परिवारको सहमतिमा धुमधाम गर्ने योजना बनाए। 

नेपाल उत्पीडित मुक्ति समाजका केन्द्रीय स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज सागर मिजारले भने, ‘जातीय विभेद बढ्दो क्रममा छ, समानता र छुवाछूतविरुद्ध लाग्नुपर्‍यो भन्ने सन्देश यो विवाहले दिएको छ,’ मिजारले भने, ‘छुवाछूत प्रथा उन्मूलन गर्ने व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने कुरा कमजोर बन्दै छ। दलित आयोग संविधानमा भएको कुरालाई लागू गर्न तीनै तहका सरकारलाई घच्घच्याउने काम यो आयोगले गर्नुपर्ने तर व्यवस्थित ढंगबाट त्यो भएको छैन।’ 

विवाह समारोहमा संघीय सांसद रुकमणि राना बराइलीले दुलाहा र दुलहीलाई बधार्र्ई तथा शुभकामना व्यक्त गर्दै प्रगतिशील विवाहले समाजको समानता र मानवता ज्युँदो बनाउन सहयोग पुग्ने बताइन्। उनले यो आन्दोलन वर्तमान अवस्थामा समाजमा आवश्यकता रहेको बताइन्। ‘आन्दोलनका हिसाबले यो एकदमै राम्रो हो अब पनि समाजमा को के जातजाति, हामी सिर्फ मानव जाति हौं, महिला पुरुष अनि नेपाली हौं’, उनले भनिन्। 

विवाह समारोहको सयौंको भिडमा भेटिएका बेहुली पक्षका एक स्थानीयले यो धेरै राम्रो कुरा भएको बताए। उनले भने, ‘यो हुनुपर्छ ढिला भइसक्यो संसार कहाँ पुगिसक्यो चन्द्रमामा मानिसहरू आफ्नो अस्तित्व बचाउने कुरा गर्दैछन् हामी अझै यो त्यो यस्तो उस्तो जात भात भनेर भुल्दैछौं, यो जात त्यो जात भन्ने कुरा सिर्फ स्वार्थको कुरा हो, माया प्रेममा कसैको केही लाग्दैन।’ 

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा रहेका दुलाहा उद्धव खतिवडाले आफ्नो दुई वर्ष अघिदेखिको सामाजिक सञ्जालमार्फत बसेको प्रेम सम्बन्धलाई विवाहमार्फत पूर्णता दिने निर्णय परिवारकै सहमतिमा भएको बताए। उनले विवाह समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘हामीबीचको प्रेम सम्बन्धलाई जीवन्त दिन यो निर्णय गरेका हौं। हामी यहाँ को के जात जाति हौं र सिर्फ मानव जाति हौं यो कुरामा मेरो परिवार प्रस्ट छ म प्रस्ट छु।’ समाजलाई लुकेर अन्तरजातीय विवाह गर्ने प्रवृतिभन्दा पनि माया प्रेम ठूलो हो भन्ने देखाउनको लागि धुमधाम विवाह गर्ने योजना बनाएको खतिवडाले बताए। 

नुवाकोट बेलकोट नगरपालिका–६ का २७ वर्षीय उद्धव खतिवडाले अन्तरजातीय विवाह गर्ने निर्णय गरेर माया प्रेमलाई सार्थकता दिएका छन्। बुवा इन्द्रबहादुर खतिवडा र आमा सीता खतिवडाका कान्छो छोरा उनले मंसिर  ६ गते लक्ष्मी बिसंखेको घरमै गएर प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न टिकाटालो गरेका थिए। 

परिवार सहमत भएपछि जन्ती लिएर आएका हौं जन्ती बनेर आएका दुलाहा पक्षधर एक व्यक्तिले भने। समाजले जे भने पनि उनीहरूको माया प्रेमलाई सार्थकता दिनको लागि हामी जन्ती खुसी साथ आएको उनले बताए। हिन्दु सनातन वैदिक विधिअनुसार विवाह गरेर बिसंखे परिवारले छोरीलाई अन्माएका छन्।  अन्नपुर्ण पाेष्टबाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending