Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

काभ्रेकाे धुलीखेलमा धुमधाम भयाे अन्तरजातीय विवाह

खबरडबली संवाददाता

काभ्रे । यो मंसिर महिना विवाह हुने सिजन भएकाले धुलिखेलमा शनिबार भएको एक विवाह समारोह खासै कसैले ख्याल गरेका थिएनन् । धुलिखेल नगरपालिका–९ देवीस्थान टोलमा भएको विवाह भने अलि फरक खालको थियो।

नुवाकोट बेलकोट नगरपालिका घर भई काठमाडौं बस्ने उद्धव खतिवडा ब्यान्ड बाजासहित धुलिखेल जन्ती लिएर आएपछिको विवाह अलि फरक खालको थियो। नुवाकोटबाट आएका जन्ती हेर्न देवीस्थान टोलका अधिकांश मानिसहरू लामबद्ध थिए। पारीबाट हेर्दा पूरै गाउँ राताम्य देखिन्थ्यो । अनुमान गर्न पनि सकिन्थ्यो कि विवाह धुमधाम चल्दै छ भन्ने कुरा । बुवा श्यामबहादुर बिसंखे आमा जमुना बिसंखेको कान्छी छोरी रहेकी बेहुली लक्ष्मी बिसंखेका तीन दाजुभाइ सरोज बिसंखे, जयराम बिसंखे र राजाराम बिसंखेले शनिबार आफ्नो परिवारको कान्छी बहिनीको विवाह धुमधामसँग गरे । नुवाकोटबाट आएका जन्तीलाई बिसंखे परिवारले स्वागत गरे। 

धुलिखेलकी लक्ष्मी बिसंखे र नुवाकोटका उद्धव खतिवडाबीच दुई वर्षअघि सामाजिक सञ्जालमार्फत परिचित भएको बेहुलाकी दाजु सरोजले जानकारी दिए। ‘दुलाहा वैदेशिक रोजगारीमा पोर्चुगलमा हुनुहुन्थ्यो विवाहकै लागि नेपाल आउनुभएको हो,’ सरोजले भने। दुलाहा नेपाल आएपछि विवाह सट्याकसुटुकभन्दा पनि दुवै पक्षको परिवारको सहमतिमा धुमधाम गर्ने योजना बनाए। 

नेपाल उत्पीडित मुक्ति समाजका केन्द्रीय स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज सागर मिजारले भने, ‘जातीय विभेद बढ्दो क्रममा छ, समानता र छुवाछूतविरुद्ध लाग्नुपर्‍यो भन्ने सन्देश यो विवाहले दिएको छ,’ मिजारले भने, ‘छुवाछूत प्रथा उन्मूलन गर्ने व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने कुरा कमजोर बन्दै छ। दलित आयोग संविधानमा भएको कुरालाई लागू गर्न तीनै तहका सरकारलाई घच्घच्याउने काम यो आयोगले गर्नुपर्ने तर व्यवस्थित ढंगबाट त्यो भएको छैन।’ 

विवाह समारोहमा संघीय सांसद रुकमणि राना बराइलीले दुलाहा र दुलहीलाई बधार्र्ई तथा शुभकामना व्यक्त गर्दै प्रगतिशील विवाहले समाजको समानता र मानवता ज्युँदो बनाउन सहयोग पुग्ने बताइन्। उनले यो आन्दोलन वर्तमान अवस्थामा समाजमा आवश्यकता रहेको बताइन्। ‘आन्दोलनका हिसाबले यो एकदमै राम्रो हो अब पनि समाजमा को के जातजाति, हामी सिर्फ मानव जाति हौं, महिला पुरुष अनि नेपाली हौं’, उनले भनिन्। 

विवाह समारोहको सयौंको भिडमा भेटिएका बेहुली पक्षका एक स्थानीयले यो धेरै राम्रो कुरा भएको बताए। उनले भने, ‘यो हुनुपर्छ ढिला भइसक्यो संसार कहाँ पुगिसक्यो चन्द्रमामा मानिसहरू आफ्नो अस्तित्व बचाउने कुरा गर्दैछन् हामी अझै यो त्यो यस्तो उस्तो जात भात भनेर भुल्दैछौं, यो जात त्यो जात भन्ने कुरा सिर्फ स्वार्थको कुरा हो, माया प्रेममा कसैको केही लाग्दैन।’ 

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा रहेका दुलाहा उद्धव खतिवडाले आफ्नो दुई वर्ष अघिदेखिको सामाजिक सञ्जालमार्फत बसेको प्रेम सम्बन्धलाई विवाहमार्फत पूर्णता दिने निर्णय परिवारकै सहमतिमा भएको बताए। उनले विवाह समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘हामीबीचको प्रेम सम्बन्धलाई जीवन्त दिन यो निर्णय गरेका हौं। हामी यहाँ को के जात जाति हौं र सिर्फ मानव जाति हौं यो कुरामा मेरो परिवार प्रस्ट छ म प्रस्ट छु।’ समाजलाई लुकेर अन्तरजातीय विवाह गर्ने प्रवृतिभन्दा पनि माया प्रेम ठूलो हो भन्ने देखाउनको लागि धुमधाम विवाह गर्ने योजना बनाएको खतिवडाले बताए। 

नुवाकोट बेलकोट नगरपालिका–६ का २७ वर्षीय उद्धव खतिवडाले अन्तरजातीय विवाह गर्ने निर्णय गरेर माया प्रेमलाई सार्थकता दिएका छन्। बुवा इन्द्रबहादुर खतिवडा र आमा सीता खतिवडाका कान्छो छोरा उनले मंसिर  ६ गते लक्ष्मी बिसंखेको घरमै गएर प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न टिकाटालो गरेका थिए। 

परिवार सहमत भएपछि जन्ती लिएर आएका हौं जन्ती बनेर आएका दुलाहा पक्षधर एक व्यक्तिले भने। समाजले जे भने पनि उनीहरूको माया प्रेमलाई सार्थकता दिनको लागि हामी जन्ती खुसी साथ आएको उनले बताए। हिन्दु सनातन वैदिक विधिअनुसार विवाह गरेर बिसंखे परिवारले छोरीलाई अन्माएका छन्।  अन्नपुर्ण पाेष्टबाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: