काठमाडौं । आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा हुनु अनिवार्य नै भएको छ ।
यसरी सिमकार्डसँग विभिन्न सेवा प्रयोग गर्न प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको अवस्था छ ।
टेलिफोन सेवा प्रदायकहरुले पनि एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी आफ्ना मातहातका केन्द्रलाइ निर्देशन दिएको छ ।
सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ?
नेपाल टेलिकमले यूएसएसडी मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिन्छ ।
नेपाल टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।
यस्तै एनसेल प्रयोगकर्ताले भने आफूसँग भएकाे सिमकार्ड कसको नाममा छ भनेर चेक गर्नका लागि *९९६६# डायल गर्नुपर्ने हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: