काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर सेल नष्ट गरिएको हो ।
केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको दाबी गरेको हो । एक सेन्टिमिटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे ।
बिरामीलाई हेपाटाइटिस पोजेटिभ समेत भएकाले उपचार गर्न समेत जोखिम देखिएपनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको उनको जिकिर छ ।
अहिले बिरामीको अवस्था राम्रो रहेको उनले बताए । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोलि नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरूपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।
रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरूमा रहेपनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: