काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर सेल नष्ट गरिएको हो ।
केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको दाबी गरेको हो । एक सेन्टिमिटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे ।
बिरामीलाई हेपाटाइटिस पोजेटिभ समेत भएकाले उपचार गर्न समेत जोखिम देखिएपनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको उनको जिकिर छ ।
अहिले बिरामीको अवस्था राम्रो रहेको उनले बताए । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोलि नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरूपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।
रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरूमा रहेपनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८१ - २१:३६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ । ...
जेष्ठ १ गते, २०८१ - २१:११
काठमाडौं । खुला डिजिटल बक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्रीले प्रथम स्थान हासिल गरेकी छन् । विद्यार्थी एकता दिवसका अबसरमा नेकपा (माओवादी केन्द्र) न...
जेष्ठ १ गते, २०८१ - २०:५०
काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टले लेखेको पुस्तकमा सङ्घर्षको सुरुआत र ...
जेष्ठ १ गते, २०८१ - २०:४१
काठमाडौं। बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस...
जेष्ठ १ गते, २०८१ - २०:०२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्...
जेष्ठ १ गते, २०८१ - १०:३७
कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका...
जेष्ठ १ गते, २०८१ - १०:३२
सिरहा । सिरहामा बम पडकाएर लुटपाट भएको छ । लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट भएको हो । गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा ...
जेष्ठ १ गते, २०८१ - ०९:५५
विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । आइतबार केराबारी गाउँप...
जेष्ठ १ गते, २०८१ - ०९:४६
वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त का...
जेष्ठ १ गते, २०८१ - ०९:४०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न गरेको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर...
प्रतिकृया लेख्नुहोस्: